शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महाभियोग प्रस्ताव पारित भएलगत्तै ट्रम्पले भने, ‘हाम्रो देशमा हिंसाका लागि कुनै स्थान छैन’

बिहीबार, ०१ माघ २०७७, ०६ : ३६
बिहीबार, ०१ माघ २०७७

अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पारित भएलगत्तै राष्ट्रपति ट्रम्पले एक बयान जारी गरेका छन् ।

ट्रम्पको भिडियो बयानलाई ह्वाइट हाउसको ट्वीटर अकाउन्टमा अपलोड गरिएको छ । ।

बयानमा ट्रम्पले भने, ‘हिंसा र तोडफोडका लागि हाम्रो देशमा कुनै स्थान छैन न त हाम्रो आन्दोलनमा हिंसाका लागि कुनै स्थान छ ।’

उनले अघिल्लो हप्ता राजधानी वासिङ्टनमा भएको हिंसाको निन्दा गरे ।

ट्रम्पले आफ्नो बयानमा थपे, ‘मेरा जो पनि सच्चा समर्थकले राजनीतिक हिंसाको वकालत गर्न सक्दैन । मेरा कोही सच्चा समर्थकले हाम्रो कानून र हाम्रो महान अमेरिकाको झण्डाको अपमान गर्न सक्दैन । यदि तपाईंमध्ये कसैले यस्तो काम गरिरहनुभएको छ भने तपाईं हाम्रो आन्दोलनको मद्दत गरिरहनुभएको छैन । तपाईं त्यसमाथि हमला गरिरहनुभएको छ र तपाईं हाम्रो देशमा हमला गरिरहनुभएको छ । हामी यसलाई सहन सक्दैनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप