बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फेरि महाभियोग

दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बने ट्रम्प
बिहीबार, ०१ माघ २०७७, ०७ : ४०
बिहीबार, ०१ माघ २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित भएको छ । अब माथिल्लो सदन सिनेटमा ती आरोपमाथि ट्रायल हुनेछ ।  ट्रम्पमाथि अघिल्लो हप्ता (६ जनवरी) मा आफ्ना समर्थकलाई क्यापिटल हिल अर्थात् अमेरिकी संसद् परिसरमा हमला गर्नका लागि उक्साएको भन्ने आरोप थियो जसलाई सदनमा २३२ भोटले पारित गरिएको थियो । १० रिपब्लिन सांसदले महाभियोग प्रस्तावको समर्थन गरे । ६ जनवरीमा भएको हिंसामा एक प्रहरी अधिकारीसमेत पाँचजनाको मृत्यु भएको थियो ।

अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपतिविरुद्ध पारित भएको महाभियोग प्रस्तावमा हस्ताक्षर गर्दै त्यसलाई आधिकारिक रुप दिएकी छिन् । अब यो माथिल्लो सदनमा जानेछ । हस्ताक्षर गर्नुअघि पेलोसीले भनिन्, ‘आज सदनले दर्साएको छ कि कोही पनि कानूनभन्दा माथि छैन, अमेरिकाका राष्ट्रपति पनि छैनन् । डोनल्ड ट्रम्प स्पष्ट रुपमा एक देशको रुपमा एक खतरा हुन् र हामीले अमेरिकाको संविधानको सुरक्षाको जुन शपथ लिएका थियौं आज एकपटक त्यसको पुनः सम्मान गर्छौं । र अब म निकै दुःखका साथ र भारी मनले राष्ट्रपतिविरुद्ध महाभियोगको आर्टिकलमाथि दस्तखत गर्दैछु ।’

महाभियोग प्रस्ताव पारित भएलगत्तै ट्रम्पले भने, ‘हाम्रो देशमा हिंसाका लागि कुनै स्थान छैन’

अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पारित भएलगत्तै राष्ट्रपति ट्रम्पले एक बयान जारी गरेका छन् । ट्रम्पको भिडियो बयानलाई ह्वाइट हाउसको ट्वीटर अकाउन्टमा अपलोड गरिएको छ । बयानमा ट्रम्पले भने, ‘हिंसा र तोडफोडका लागि हाम्रो देशमा कुनै स्थान छैन न त हाम्रो आन्दोलनमा हिंसाका लागि कुनै स्थान छ ।’ उनले अघिल्लो हप्ता राजधानी वासिङ्टनमा भएको हिंसाको निन्दा गरे । ट्रम्पले आफ्नो बयानमा थपे, ‘मेरा जो पनि सच्चा समर्थकले राजनीतिक हिंसाको वकालत गर्न सक्दैन । मेरा कोही सच्चा समर्थकले हाम्रो कानून र हाम्रो महान अमेरिकाको झण्डाको अपमान गर्न सक्दैन । यदि तपाईंमध्ये कसैले यस्तो काम गरिरहनुभएको छ भने तपाईं हाम्रो आन्दोलनको मद्दत गरिरहनुभएको छैन । तपाईं त्यसमाथि हमला गरिरहनुभएको छ र तपाईं हाम्रो देशमा हमला गरिरहनुभएको छ । हामी यसलाई सहन सक्दैनौं ।’

अमेरिकाको इतिहासमा ट्रम्प पहिलो यस्तो राष्ट्रपति बनेका छन् जोविरुद्ध एकै कार्यकालमा दुई पटक महाभियोग प्रस्ताव पारित गरिएको छ । सन् २०१९ को डिसेम्बरमा पनि उनीमाथि महाभियोग लागेको थियो । यद्यपि, सिनेटले उनलाई आरोप मुक्त गरेका थिए । तर त्यतिबेला एकजना पनि रिपब्लिकन सांसदले ट्रम्पविरुद्ध भोट गरेका थिएनन् ।

सिनेटमा ट्रायलको क्रममा यदि दुई तिहाई बहुमतले प्रस्ताव पारित हुन्छ भने उनी तत्काल आफ्नो पदबाट हट्नुपर्ने हुन्छ । उनलाई अब कुनै पनि सार्वजनिक कार्यालयमा अयोग्य ठहर गरिदिने सम्भावना रहेको छ । तर ट्रम्पको कार्यकाल यसैपनि २० जनवरीमा पूरा हुँदैछ र यति कम समयमा सिनेटमा उनीविरुद्ध ट्रायल पूरा हुन सम्भव छैन ।

सिनेटमा रिपब्लिकन नेता मिच मेक्कानेलले यो हप्ता पनि सिनेटको बैठक हुने बित्तिकै राष्ट्रपतिको कार्यालय छोड्ने अघि अन्तिम निर्णय हुन नसक्ने बताएका छन् । मेक्कानेलले एक बयान जारी गर्दै भने, ‘यो वास्तविकताको प्रकाशमा मेरो मान्यता यो छ कि राष्ट्रको हितमा यही हुनेछ कि संसद र कार्यपालिका अबको सात दिनभित्र आउन लागेका बाइडेन प्रशासनलाई एक सुरक्षित र सुव्यवस्था सत्ता हस्तान्तरण सुनिश्चित गर्नका लागि प्रयोग गरियोस् ।’

यसअघि बुधबार तल्लो सदनमा थुप्रै घण्टासम्म अत्यधिक तात्तातो बहस भएको थियो । सभामुख नेन्सी पेलोसीले पूर्व राष्ट्रपति अब्राहम लिंकनको शब्दलाई उद्धृत गर्दै भनिन्, ‘हामीसँग अधिकार छ र जिम्मेवारी पनि ।’

पेलोसीले भनिन्, ‘हामीलाई थाहा छ कि अमेरिकाका राष्ट्रपतिले विद्रोहका लागि उक्साए, हामी सबैका देशविरुद्ध हतियारधारीले विद्रोह गरे । उनी जानै पर्छ, उनी राष्ट्रका लागि स्पष्ट रुपमा एक संकट हुन् जुन राष्ट्रसँग हामी सबैलाई प्रेम छ ।’

उनले भनिन्, ‘म तपाईंहरुको अगाडि संविधानकी एक अधिकारीको रुपमा, एक श्रीमती, एक आमा, एक हजुरआमा र एक छोरीको रुपमा उभिएकी छु जसको पिताले यो सदनमा गर्वले सेवा गरेका छन् ।’

उनले थपिन्, ‘राष्ट्रपतिलाई सिनेटमा पक्कै पनि दोषी ठहर गरिनुपर्छ । यसले यो सुनिश्चित हुनेछ कि यो गणतन्त्र ती व्यक्तिबाट सुरक्षित रहनेछ जो ती चिजलाई तोड्नका लागि प्रतिबद्ध छन् जसलाई हामी अत्यधिक प्यारो ठान्छौं र जसले हामी सबैलाई एकसाथ जोड्ने गर्छ ।’

पेलोसीले आफ्नो कुरा बिट मार्दै भनिन्, ‘मेरा अमेरिकी साथीहरु, हामी इतिहासबाट बच्न सक्दैनौं । त्यसैले आउनुहोस्, हामी आफ्नो कर्तव्य पूरा गरौं र यो राष्ट्रले हामीमाथि जति विश्वास गरेको र त्यसको सम्मान गरौं ।’

ट्रम्पको आफ्नै रिपब्लिकन पार्टीका थुप्रै सांसद पनि ट्रम्पको बचाउमा उत्रिएनन् । उनीहरुका अनुसार महाभियोग प्रस्तावले पारम्परिक सुनुवाईलाई बाइपास गरेको छ । त्यसैले उनीहरुले डेमोक्रेट्स सांसदलाई राष्ट्रिय एकताका खातिर महाभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।

१० सांसदद्वारा महाभियोग प्रस्तावको पक्षमा भोट

रिपब्लिकन पार्टीका १० सांसदले महाभियोग प्रस्तावको पक्षमाा भोट गरेका छन् । लिज चेनी, एडम किनजिंगर, जोन काटको, एन्थनी गोनजालेज, टम राइस, डेन न्यूहाउस, जेम हेरेरा ब्यूटलर, फ्रेड उपटन, डेभिड वालाडाओ, पिटर माइजरले उनीविरुद्ध भोट हालेका हुन् ।

एडम किनजिंगरले ट्वीट गरे, ‘आज महाभियोगको पक्षमा भोट हाल्नु मैले यसलाई एक बुद्धिमत्ता निर्णयको रुपमा लिएको छ । हाम्रो लोकतन्त्रको प्रतिक संसद भवनसम्म जानु र एक हप्ता अघि मात्रै हामी सबैले जुन हिंस्रक विद्रोह देखेका थियौं, त्यसलाई याद गर्नु । यो भोटलाई मैले हल्कामा लिइनँ, मैले निकै आत्मविश्वासका साथ भोट हालेको हुँ । म आफूमा शान्ति महसुस गरिरहेको छु ।’

रिपब्लिकन सांसद केविन म्याक्कार्थीले भने, ‘राष्ट्रपतिविरुद्ध यति कम समयमा महाभियोग प्रस्ताव ल्याउनु एक गल्ती हुनेछ । तर यसको अर्थ यो होइन कि राष्ट्रपतिले गल्ती गरेका छैनन् । बुधबार संसद भवनमा हमलाका लागि राष्ट्रपति जिम्मेवार छन् । ’

बहसका क्रममा ट्रम्पका बफादार मानिने ओहायोका सांसद जिम जोर्डनले डेमोक्रेट्समा दोहोरो मापदण्ड राखेको आरोप लगाएका छन् ।

उनले भने, ‘रिपब्लिकन सधैं हिंसाको निन्दा गर्दछ, गत वर्ष भएको हिंसाको, अघिल्लो हप्ता भएको हिंसाका त जुनसुकै तरिकाले हामी गलत छौं । डेमोक्रेटले राष्ट्रपतिमाथि परीक्षण गर्न सक्छन् तर यक्त चुनावको अनुसन्धान गर्दैनन् जसका लागि आठ करोड अमेरिकी, रिपब्लिकन र डेमोक्रेट्सलाई शंका छ ।’

जोर्डनलाई हालै ट्रम्पले शीर्ष नागरिकको पुरस्कारबाट सम्मानित गरेका थिए ।

अब के होला ?

तल्लो सदनमा डेमोक्रेट्सको बहुमत छ त्यसैले यहाँ प्रस्ताव पारित हुनु एउटा औपचारिकता मात्रै थियो  । त्यसपछि यो अब सिनेटमा जानेछ जहाँ उनको अपराध निश्चित गर्नका लागि ट्रायल चल्नेछ ।

ट्रम्पलाई दोषी ठहर गर्नका लागि दुई तिहाई बहुमतको आवश्यकता हुनेछ, यसको अर्थ यो हो कि कम्तीमा १७ रिपब्लिककनले यसको पक्षमा भोट गर्नेछन् ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार २० रिपब्लिकन सांसद राष्ट्रपतिलाई दोषी ठहर गर्नका लागि तयार छन् ।

ट्रायल आयोजित गर्ने कुनै समय सीमा छैन तर यस्तो लाग्छ कि २० जनवरी अघि यो समाप्त हुन सक्दैन जुन दिन जो बाइडेनलाई राष्ट्रपतिको रुपमा शपथ दिलाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप