बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निद्राबाट ब्यूँझने बित्तिकै यी समस्या देखिए मधुमेहका लागि हुनुहोस् सतर्क

बिहीबार, ०१ माघ २०७७, ०९ : ४८
बिहीबार, ०१ माघ २०७७

टाइप–टु मधुमेह निकै खतरनाक रोग हो । साधारणतया यसको लक्षण त्यतिबेलासम्म देखिँदैन जबसम्म रगतमा चिनीको मात्रा उच्च स्तरमा हुँदैन । यो निकै चिन्ताजनक छ किनभने रगतमा चिनीको मात्रा लगातार बढिरहँदा मुटुरोगको खतरा बढ्न सक्छ । यद्यपि, शरीरमा साधारण केही परिवर्तनले टाइप टु मधेमेहको खतराको संकेत हुनसक्छ । बिहान निद्राबाट ब्यूँझिएको केही समयपछि तपाईंले यो लक्षण देख्न सक्नुहुन्छ ।

मधुमेह, लिपिड डिसअर्डर र एन्डोक्रिनोलोजीमा कन्सल्टेन्ट डा. राल्फ अब्राहमले एक्सप्रेस डट को डट यूकेसँगको कुराकानीमा मधुमेहका केही विशेष संकेतलाई उजार गरेका छन् । डा. अब्राहमका अनुसार मुख सुक्नु यसको बलियो लक्षण हुनसक्छ । उनी भन्छन्, ‘यदि तपाईं राती बारम्बर पिसाब फेर्न उठ्नुहुन्छ वा अत्यधिक प्यास लागेको छ भने तपाईंको स्वास्थ्यमा केही गडबडी पक्कै छ ।’

उनले भने, ‘मधुमेह हुँदा रगतमा ग्लूकोजको मात्रा अत्यधिक बढ्ने भएकोले असाध्यै प्यास लाग्छ र बारम्बार पिसाब लाग्छ ।’ डा. अब्राहमले चेतावनी दिँदै भने, ‘यदि बिहान उठ्दा तपाईंको मुख र घाँटी सुक्छ भने तपाईं उच्च मात्रामा सतर्क हुनुपर्छ । यो टाइप–टु डायबिटिजको एउटा संकेत हुनसक्छ ।’

डा. अब्राहमका अनुसार टाइप टु मधुमेहका अन्य थुप्रै सानातिना लक्षण पनि हुन्छन् जसका कारण यो रोगलाई ‘साइलेन्ट किलर’ भनिन्छ । यसमा थकान, आँखा धमिलो हुनु, यौनसम्बन्धि समस्या, सानो घाउ पनि ढिला गरी निको हुनु, फंगल इन्फेक्सन र शरीरमा दाना वा खटिरा निस्कने लक्षण समावेश छन् ।

नेशनल हेल्थ सर्भिसका अनुसार यदि तपाईंलाई टाइप–टु मधुमेहको लक्षण देखिएको छ र तपाईं यसका लागि चिन्तित हुनुहुन्छ भने तपाईंले तुरुन्त यसको परीक्षण गराउनुपर्छ ।

रोगको पत्ता लागेपछि तपाईंले रगतमा चिनीको स्तर कम गर्नका लागि जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । ब्लड सुगर म्यानेजमेन्टमा खानाको एक विशेष भूमिका हुन्छ र यो रोग लागेपछि केही खानेकुरा यस्ता हुन्छन् जुन तपाईंले खानै हुँदैन । तपाईंले कार्बोहाइड्रेटको सेवनमाथि नियन्त्रण राख्नुपर्नेछ जसले ब्लड सुगरलाई बढाउने काम गर्छ ।

कार्बोहाइड्रेट शरीरमा चाँडै नै टुट्ने गर्छ त्यसैले ब्लड सुगर स्तर तीब्र रुपमा बढ्ने गर्छ । यसका लागि कम्प्लेक्स कार्ब्स एउटा राम्रो र सुरक्षित विकल्प हो । वास्तवमा कम्प्लेक्स कार्ब्स स्टार्च हो जुन कार्ब्सको तुलनामा अलि ढिला गरी टुट्छ र यसैकारण ब्लड सुगर नियन्त्रणमा रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप