
कारागार कार्यालय नुवाकोटलाई पुस्तक हस्तान्तरण
महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, नुवाकोटको संयुक्त आयोजनामा कारागार कार्यालय नुवाकोटलाई पुस्तक हस्तान्तरण गरिएको छ ।
बिहीबार कारागार कार्यालय नुवाकोटको परिसरमा आयोजित कार्यक्रमका कैदीबन्दीलाई अध्ययन गर्नका लागि नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला न्यायाधिवक्ता टेकराज भुषाल महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता शिव वाग्लेले कारागार कार्यालय, नुवाकोटका प्रमुख दुर्गा वाग्लेलाई पुस्तक हस्तान्तरण गरेका हुन् ।
संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा नेपालको संविधान, ऐन, नियमका संग्रह लगायतका साहित्य, इतिहास सहित अन्य पठनीय सामाग्रीहरू कैदी बन्दीलाई अध्ययन गर्नका लागि हस्तान्तरण गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले महान्यायाधिवक्ताको कार्यालयले आठ वटा कारागारहरूका लागि पुस्तक खरिद गरी हस्तान्तरण गर्ने कार्यको थालनी गरी अत्यन्तै सर्हानिय काम गरेको भन्दै आभार प्रकट गरे ।
यस्तै जिल्ला न्यायाधिवक्ता टेकराज भुषालले कारागारको सुधारका लागि पुस्तकालयको अवधारणा महत्त्वपूर्ण भएको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ