बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

बिहीबार, ०१ माघ २०७७, १८ : २७
बिहीबार, ०१ माघ २०७७

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक अलग–अलग तीन कृति बजारमा आएका हुन् । सर्पदंशित मेरो वर्तमानमा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा उत्कृष्ट निबन्ध सङ्ग्रहित छन् ।

परिशीलन नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो, जसमा विभिन्न १० शीर्षकमा लेखहरू रहेका छन् । मरूभूमिको फूल भने नियात्रा तथा संस्मरणहरुको सङ्गालो हो । तीनवटै कृतिको प्रकाशक बीएन पुस्तक संसार रहेको छ । चालिसे नेपाली साहित्यमा मूलत कथा क्षेत्रका सुपरिचित व्यक्तित्व हुन् ।

उनले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयका खोजमूलक लेखहरूको समेत रचना गर्दै आएका छन् । बालसाहित्य, संस्कृति, सञ्चार विषयका गरी उनका करीब ६ दर्जन कृति प्रकाशित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप