ad
केन्द्रीय संस्करण
विज्ञका कुरा

डायबिटीज नियन्त्रणमा राख्न सकिन्छ : रामायणको प्रसंगले बुझौं, कसरी ?

person explore access_timeमाघ २, २०७७ chat_bubble_outline0

 

दशाननको 'हिप्पोकैम्पस'मा भगवती सीताको अनुहार  'रिफ्लेक्ट' गरिरहेको थियो तर सीताजी यति सजिलै त योगीहरुका चित्तमा पनि निवास गर्न आउनु हुन्न। उसलाई  यस कुराको पूर्व  संज्ञान थियो अतः उसले   यसका लागि  षड्यन्त्रको 'भिसिअस' चक्रव्यूह  रच्ने योजना बनायो।  योजनाको प्रारम्भिक तानाबाना तैयार हुनसाथ कोन्याकका दुइ प्यागले गला सिञ्चन एवं 'लाइट मूड'   बनाई उसले   मामा मारीचिको आवासमा प्रवेश गरेर  आफ्नो योजना सुनायो -

दसमुख सकल कथा तेहि आगें।
कही सहित अभिमान अभागें॥
होहु कपट मृग तुम्ह छलकारी।
जेहि बिधि हरि आनौं नृपनारी॥

'डियर  मामा मारीचि   हाऊ आर यू डूइंग ?'

मारीचिले भन्यो, 'वेलकम लंकापति, व्हाट वुड यू लाइक टू हैव ?'

दशकंधले भन्यो, ‘डियर मामा तिमी छलले सुनको हरिण बन। प्लानिंग यस्तो छ, तिमी मेरो साथ देऊ।  म त्यस राजवधूको हरण गर्न सफल  हुन्छु ।’

मारीचिलाई कोन्याकको वासना आयो,  उसले भान्जातिर सूर्याको बट्टा तेर्साउँदै भन्यो-

तेहिं पुनि कहा सुनहु दससीसा।
ते नररूप चराचर ईसा॥
तासों तात बयरु नहिं कीजै।
मारें मरिअ जिआएँ जीजै॥

'लिसन दसकंध बी केयरफुल !'  तिमीलाई केही  अनुमान पनि छ के गर्न गइरहेका छौ ?  राम  मनुष्य रूपमा  ईश्वर हुन्... सारा  दुनियाका  मालिक हुन्।  उनीसंग वैर नगर।  यसमै  तिम्रो कल्याण हुन्छ। र, उसले आगन्तुकलाई मेन्टोस ऑफर गर्दै फेरि भन्यो -

मुनि मख राखन गयउ कुमारा।
बिनु फर सर रघुपति मोहि मारा॥
सत जोजन आयउँ छन माहीं।
तिन्ह सन बयरु किएँ भल नाहीं॥

‘सुन भान्जा  ब्रो ! ऋषि  विश्वामित्रको  यज्ञ रक्षार्थ  यिनै दुइटा   राजकुमार आएका थिए  । त्यस बेला श्रीरामको एउटै बाणले म सय योजन धकेलिएको थिएँ।’

मारीचिका कुराले दशानन भड्कियो।  मारीचिलाई तथानाम भन्दै मार्नेसम्मको धम्की दिन थाल्यो। लंकेशको धम्की सुन्नसाथ मारीचिको 'एड्रेनेल ग्लाण्ड' सक्रिय भयो ...'एमिगडाला'मा सुनामी आयो... 'हाइपोथेलेमस'मा 'स्ट्रेस रेस्पॉन्स अलार्म ट्रिगर' भयो।  मारीचिले सोच्न  थाल्यो।  तुलसीदासले मारीचिको मनस्थिति वर्णन  यसरी गर्छन् -

 तब मारीच हृदय अनुमाना।
नवहि बिरोधें नहिं कल्याना॥
सस्त्री मर्मी प्रभु सठ धनी।
बैद बंदि कबि भानस गुनी॥

मारीचिले मनमनै सोच्यो - शस्त्री (वीपनधारी ), मर्मी (भेद जान्ने ), प्रभु, मुर्ख, धनी, वैध, भाट, कवि र भान्से यी नौजनासंग पंगा लिनु घातक हुन्छ। अनि  फेरि ऊ एक कश तानेर  शान्त मनले विचार गर्छ -

 उभय भाँति देखा निज मरना।
तब ताकिसि रघुनायक सरना॥
उतरु देत मोहि बधब अभागें।
कस न मरौं रघुपति सर लागें।।

मारीचिले हेर्यो मृत्यु दुबैतिर सुनिश्चित छ।  यस अपराधीको कुरा नमान्दा यसले छाड्दैन र कुरा मानेमा यस पटक श्रीरामको तूणीरबाट  हुत्याउने होइन, यमलोक नै पुर्याउने बाण निस्किन्छ। तर त्यै पनि  यस पापीको हातबाट मर्नुभन्दा प्रभु श्रीराम कै बाणले सदगति प्राप्त गर्नु नै श्रेष्यकर हुन्छ ।

होश गर यो रोग जसलाई डायबिटीज भनिन्छ, त्यो कुनै सुपर मार्केटमा पाइने होइन। यो तिमीलाई  प्रकृतिको सबैभन्दा खत्तम उपहार हो। यो तिमीलाई आमाबुबाबाट उपहारस्वरुप पाइएको हुन सक्छ। बुबातर्फको अथवा मावलीतर्फको हजुरआमा  हजुरबुबाबाट सौजन्यमा प्राप्त भएको हुन सक्छ। त्योभन्दा पहिलाका पुस्ताबाट पनि धरोहरका रूपमा पाइएको हुन सक्छ। 

पढ्यौ होइन मधुमेह, सुगर, डायबिटीजधारीहरुले ! आजैदेखि आफुमा सुधार ल्याएनौ भने  कुहिएर  मर्छौ।  यस विषयबारे म पहिलो र अन्तिम पटक लेखिरहेको  छु। होश गर यो रोग जसलाई डायबिटीज भनिन्छ, त्यो कुनै सुपर मार्केटमा पाइने होइन। यो तिमीलाई  प्रकृतिको सबैभन्दा खत्तम उपहार हो। यो तिमीलाई आमाबुबाबाट उपहारस्वरुप पाइएको हुन सक्छ। बुबातर्फको अथवा मावलीतर्फको हजुरआमा  हजुरबुबाबाट सौजन्यमा प्राप्त भएको हुन सक्छ। त्योभन्दा पहिलाका पुस्ताबाट पनि धरोहरका रूपमा पाइएको हुन सक्छ।

बुझ, सबैभन्दा महत्वपूर्ण हो प्रकृति।  तिमी जुन प्रकृतिको  'प्रोडक्ट' हो त्यही प्रकृतिको 'प्रोडक्ट' हो सुगर। कुनै अन्य लोकबाट अवतरित भएको होइन सुगर । मूल प्रकृतिसँगै तिम्रो आफ्नो  प्रकृति र प्रवृत्ति सबै त बदलिएको (आधुनिक भएको ) छ।  आजको युगमा सबैजनाको रहन सहन परिमार्जित भएको छ,  तनाव बढेको छ,  व्यायाम घटेको छ, परिश्रम समाप्त भएको छ, नशा गर्ने साधन बढेका छन्। जिन्दगी नै 'लक्जरियस' बनेको छ,  पर्यावरण, समाज, 'लाइफ स्टाइल'  ( जीन मात्रै होइन ) सबै नै सुगरका कारक हुन्।

सोझो  र सरल  भाषामा यति नै बुझे पुग्छ  शरीरको एउटा अंग  अग्नाशय ( pancreas ) ले अब त्यति मात्रामा इन्सुलिन बनाउँदैन, जति  स्वस्थ हुँदा बनाउथ्यो।  इन्सुलिनको कमीले रगतमा सुगरको स्तर वृद्धि हुन्छ।  यही नै डायबिटीज रोग हो। जति जति मात्रामा डाक्टरले यस रोग बारे बुझ्दै गइरहेका छन् त्यति त्यति नयाँ  कुरा प्रकाशमा आइरहेका छन्।  अब डाक्टरलाई थाहा छ सबै सुगर रोगीहरु  एउटै होइनन्।  डायबिटीजको एउटा रोगी अर्को रोगी भन्दा फरक हुन्छ किनकि उसको शरीरको 'मेटाबॉलिज्म' फरक हुन्छ।  त्यसैले डाक्टरले प्रत्येक सुगर रोगीलाई हेर्ने 'प्यारामिटर' फरक हुन्छ। रोगी  हेरी डाक्टरले  औषधिको  सिद्धान्त र मात्रा बदली रहन्छन्।

सनातनधर्मी भन्छौ होइन तिमीहरु आफूलाई ? सनातन धर्मसँग विश्वको सबै भन्दा उत्कृष्ट सँस्कृति छ। योग पनि सनातन सँस्कृति नै होइन ? हजारौं वर्षदेखि योग हाम्रो देश र समाजमा प्रचलित रही आएको होइन ?

मेडिकल साइन्स त सबैले पढ़े हुन्छ भन्न सकिँदैन तर संस्कृतको यो श्लोक त सुनेको होला नि -

 व्यायामात् लभते स्वास्थ्यं दीर्घायुष्यं बलं सुखं।
आरोग्यं परमं भाग्यं स्वास्थ्यं सर्वार्थसाधनम् ॥

कहाँ छ तिम्रो सनातन धर्मको आचरण ? के धर्मले तिमीलाई गुलियो पदार्थसंग प्रेम गर्न  सिकायो ?  योग / व्यायाम गर्न हुन्न भन्यो ?

 सनातन धर्मले जिह्वाको स्वादलाई दासत्व भनेको बिर्स्यौ, फगत पेट पूजालाई पापको संज्ञा दिएको पनि बिर्स्यौ ?

ल माने तिमी नास्तिक हौ धर्म विषयक तिमीमा न संस्कार छ, न ज्ञान छ, न विश्वास छ न श्रद्धा छ।

त्यसो भए नास्तिकहरुका नायक वैज्ञानिक/ 'मेडिकल प्रैक्टिसनर'का कुरा किन सुन्दैनौ ? याद राख तिमीले जति स्वांग गरे पनि जुन दिन मर्छौ नि तिम्रा 'टिस्यू' हेरेर कुनै पनि 'प्यथोलोजिस्ट'ले घोषणा गरी दिन्छ- तिमीलाई सुगर थियो। किनकी जे गरे पनि सुगरका 'साइड इफेक्ट' तिम्रा अंग प्रत्यंगमा भेटिन्छन् नै। अहिलेसम्मको मेडिकल साइंसको प्रगतिले सुगरलाई निमिट्यान्न पार्न सक्दैन।

अग्नाशयमा इन्सुलिन प्राकृतिक तवरले नै बन्ने गर्छ।  डाक्टरले दिने टेब्लेट र इन्सुलिनका सुईले दिने इन्सुलिन त्यसको नक्कल हो। डाक्टरको सारा प्रयास बढेको  सुगर लेभललाई ब्यालेन्स गर्नु हुन्छ। जसरी पनि बढेको सुगर स्तर कम होस् यसै प्रयासमा हुन्छन् सारा डाक्टरहरु।  डाक्टरले चाहेर पनि बढेको सुगर स्तरलाई सामान्य गर्न सक्दैनन्।

जब डाक्टरले  प्रतिदिन औषधि सेवन गर्न, भोजनमा संयम राख्न, पर्याप्त व्यायाम गर्न  भन्ने सलाह दिन्छन् यसको अर्थ यो नलिनु कि तिमी एकदम दुरुस्त हुन सक्छौ।  यदि यस्तो बुझाइ छ भने यो फगत भ्रम हो।  डाकटरले परहेज गर्न भन्नु, व्यायाम गर्न भन्नु, नियमित समयमा औषधि सेवन गर्न भन्नुको अर्थ यति नै हो यस्तो गरेमा रगतमा सुगरको मात्रा नर्मल रहन्छ।  यसको अर्थ तिमी पुनः  निरोग प्राप्त गर्न सक्छौ भन्ने कदापि र किमार्थ पनि होइन। डाक्टरको सारा प्रयास  तिमी नर्मल  हुन सक भन्ने मात्रै हुन्छ। तिमी नर्मल रहेमा डाक्टरले यसलाई नै आफ्नो ठूलो सफलता ठान्छन्।

अग्नाशयमा इन्सुलिन प्राकृतिक तवरले नै बन्ने गर्छ।  डाक्टरले दिने टेब्लेट र इन्सुलिनका सुईले दिने इन्सुलिन त्यसको नक्कल हो। डाक्टरको सारा प्रयास बढेको  सुगर लेभललाई ब्यालेन्स गर्नु हुन्छ। जसरी पनि बढेको सुगर स्तर कम होस् यसै प्रयासमा हुन्छन् सारा डाक्टरहरु।  डाक्टरले चाहेर पनि बढेको सुगर स्तरलाई सामान्य गर्न सक्दैनन्। यसको स्पष्ट कारण छ प्राकृतिक इन्सुलिनको विकल्पमा टेबलेट र सुईका मार्फत दिएको इन्सुलिनले प्राकृतिक इन्सुलिनको बराबरी  गर्न सक्दैन। डाक्टरले सुगरको उपचारमा सुईबाट इन्सुलिन दिन्छन् कि टेबलेटबाट, यो परिस्थितिमाथि निर्भर गर्छ।  तर डाक्टरले सधैँ सुई  घोपेर अथवा टेब्लेटबाट उत्ति नै मात्रामा इन्सुलिन सिफारिस गर्छन भन्ने होइन। के थाहा तिमीले आफ्नो नास्तिकता छाडेर योग, व्यायाम,  जिह्वा नियन्त्रण गरेर आफ्नो तौल घटाएर नार्मल हुदै गइरहेका छौ भने ड्रग को डोज कम्ती हुन सक्छ अथवा तिमी धेरै नै सौभाग्यशाली छौ भने औषधि बन्द पनि हुन सक्छ।  तर औषधि बन्द हुने सौभाग्यशाली विरलै हुन्छन्। 

२०-२५ मिनेटमै खाएको सारा सामग्री  पचेर सुगर बन्ने  भोज्य पदार्थलाई बाईबाई गर्नु परयो।  र, यी खाए पनि यति थोरै मात्रामा कि खाएको पुरै सामाग्रीले शरीरभित्र उत्पादन हुने सुगरको मात्राले ठूलो वृद्धि हुन न पाओस्। मसिनो  मीठो खाने आकांक्षा परित्याग गर।  मोटो- खश्रो  खानामा ध्यान देऊ।  यस्तो पदार्थ खाऊ कि त्यसलाई शरीरको 'मेटाबॉलिज्म'ले पाचन गर्न कमतीमा  ३ घन्टाको समय लागोस्।

योग तथा व्यायामले स्वास्थ्य, लामो आयु, बल एवं सुख  र शान्ति  प्राप्त हुन्छ।  निरोगी हुनु परम सौभाग्यको कुरा हो, यदि निरोगी हुन सक्दैनौ भने कम्तीमा नर्मल त बन।  स्वास्थ्यबाट अन्य सबै काम सिद्ध हुन्छन्।  योग फलफूलले ढाकिएको रुख सामान हो जसले सर्वजन हितायको भावना राख्छ।  यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ।  त्यसैले सनातन धर्मले योग गर्न भन्छ।

आजैदेखि मोटो  रेशायुक्त अन्न खान शुरू गर।  कम पानी पिउने बानी छ भने सुधार गर।  कुनै रोग विशेष छ भने भोजनका बारेमा डाक्टरसंग परामर्श लेउ।

'सिंपल बॉन्ड कार्बोहाइड्रेट' खान निषेधित गर।  'कम्प्लेक्स बॉन्ड कार्बोहाइड्रेट' खाने बानी बसाल।तिमीले संसारको जेसुकै र जुनसुकै पदार्थ खाए पनि पेटमा गएपछि सबैभन्दा पहिला त्यसले बन्ने सुगर नै नै हो।  अब फंडा यो हो  २०-२५ मिनेटमै खाएको सारा सामग्री  पचेर सुगर बन्ने  भोज्य पदार्थलाई बाईबाई गर्नु परयो।  र, यी खाए पनि यति थोरै मात्रामा कि खाएको पुरै सामाग्रीले शरीरभित्र उत्पादन हुने सुगरको मात्राले ठूलो वृद्धि हुन न पाओस्। मसिनो  मीठो खाने आकांक्षा परित्याग गर।  मोटो- खश्रो  खानामा ध्यान देऊ।  यस्तो पदार्थ खाऊ कि त्यसलाई शरीरको 'मेटाबॉलिज्म'ले पाचन गर्न कमतीमा  ३ घन्टाको समय लागोस्।  यस्ता सामाग्री विस्तारै पाचन हुँदा शरीरमा ह्वात्तै सुगरको स्तर वृद्धि हुँदैन।  लेख पढेर सबै कुरा आफै गर्यौ भने मेरा साथीहरु  मसंग रिसाउलान्।  त्यसैले आफ्नो डाक्टरलाई भेटेर कुन सामाग्री कति मात्रामा खान सकिन्छ भन्ने जानकारी लेउ। सुक्रोज, माल्टोज, ल्याक्टोज, फ्रुक्टोज आदि सबै नै तिम्रा लागि विष हुन्।  विषको मात्रामा होश पुर्याउ।  थाहा छ दिनमा सय ग्राम भन्दा बढी कार्बोहाइड्रेड  'इन्टेक'  गर्नु मधुमेह रोगीका लागि  चिता सजाउनु सरह हो।    नियमित व्यायाम र योग प्रारम्भ गर।  आफ्नो मस्तिष्कको GABA न्यूरोट्रांसमीटरको क्रियाशीलता २७-३० प्रतिशतसम्म बढाऊ।

माथि लेखिएको मारीचिको प्रसंग याद छ ? याद छ उसले  के निर्णय गरेको थियो ? निर्णय तिम्रो, विचार तिम्रो।  दशाननरूपी मधुमेहका हातबाट 'माइक्रोएंजियोपैथी'बाट  आफ्नो मृत्यु रोज्छौ  कि ध्यान, योग,व्यायाम,  जिह्वा नियन्त्रणरूपी भगवान  श्रीरामको शरण भई मर्नु रोज्छौ ।  चुनाव गर्न तिमी स्वतन्त्र छौ। जसको हातबाट मरे पनि मर्नु त तिमीले छ नै। यो नै यस दुनियाको 'हिडेन र 'ओपन सीक्रेट' हो।   मारीचिका लागि प्रभु श्रीराम दुनियाका स्वामी थिए,  तिमीले पनि आफ्नो स्वामीलाई चिन्ने यत्न गर।  तिम्रो शरीरमा रहेको 'पिट्यूटरी ग्लैंड' नै कायाको स्वामी हो।  यससंग शत्रुता नगर, याद राख शरीरका अधिकांश हार्मोन्सको नियन्त्रण यसैले गर्छ।  मृत्यु त सबैको  हुन्छ भाइ हो, रावणका  हातले मर्ने कि प्रभुका शरणमा गई सदगतिले मर्ने ! यो भने तिम्रो अधिकार र नियन्त्रणमा छ। विचार गर -

न चास्ति सदृशं तेन किंचित्स्थौल्यापकर्षणम् ।
न च व्यायामिनं मर्त्यमर्दयन्त्यरयो भयात् ॥

शारीरिक स्थूलतालाई भगाउन योग र व्यायाम भन्दा प्रभावकारी कुनै पनि औषधि छैन।  योग व्यायाम गर्ने मानिससँग उसका सबै शत्रु डराउछन,  उसंग पंगा लिदैनन्।  सारा दुनियाले योगको महत्व बुझी सक्यो, तिमी सनातन धर्मी कता अल्मलिएका छौ  ? योग वर्तमान संसारको संजीवनी बूटी तुल्य हो। बुझ, बुझ, समय हुँदै बुझ।

शारीरिक स्थूलतालाई भगाउन योग र व्यायाम भन्दा प्रभावकारी कुनै पनि औषधि छैन।  योग व्यायाम गर्ने मानिससँग उसका सबै शत्रु डराउछन,  उसंग पंगा लिदैनन्।  सारा दुनियाले योगको महत्व बुझी सक्यो, तिमी सनातन धर्मी कता अल्मलिएका छौ  ?

 याद राख यो मधुमेह भनाउँदो रोग 'ग्लाइमपीराइड'का टेबलेटदेखि तिम्रो 'गंगाप्रसादी'सम्म यथावत रहन्छन्। लेखसँगै मैले योगआसनका विभिन्न मुद्राका तस्वीर पठाएकी छु।  यी तस्वीर लेखको शोभा बढाउन खातिर होइनन्।  यी  आसन -मुद्राको अभ्यास गरेमा अग्नाशय सक्रिय भई प्राकृतिक इन्सुलिन उत्पादनमा  मदद पुग्छ।  'मेडिटेसन'को चर्चा मात्रै नगर्ने गर, नियमित अभ्यास पनि प्रारम्भ गर।  यो जुन तिमीसंग तिम्रो स्वामी भनिने  'पिट्यूटरी ग्लैंड' छ नि, यसले 'मेडिटेसन' बाहेक अन्य कुनै भाषा बुझ्दैन।

डा. मोनिका जौहरीको हिन्दीमा लेखिएको यस लेखलाई  लेखकको अनुमति लिएर  ज्ञानमित्रले नेपालीमा पुनर्लेखन गरेका हुन्।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.