फिल्म ‘एक लभर’ सार्वजनिक
शुक्रबार, ०२ माघ २०७७, ११ : ३६
काठमाडौं । ‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण भएको सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक गरिएको छ । नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको उतारचढापका विषय फिल्मले कथाको रुपमा उठाएको छ ।
रामजी ज्ञवालीको निर्देशन तथा दुर्गाप्रसाद ज्ञवालीको निर्माण रहेको फिल्म ‘एक लभर’ आधा घण्टा अवधिको रहेको छ । फिल्ममा प्रेम, बिछोड, रोदन मात्रै देखाइएको छैन, सुखद् अन्त्य समेत गरिएको निर्देशक ज्ञावलीले बताए ।
शाहिल खान, अनुपमा भण्डारी, राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय फिल्ममा छ । ।
निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखन रहेको फिल्ममा संकल्प भुजेलको छायाँकन तथा शाहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषधको मुद्दा लागेर फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै