शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैङ्कको स्थलगत सुपरिवेक्षण सुरु

शुक्रबार, ०२ माघ २०७७, १३ : २१
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको स्थलगत सुपरिवेक्षण सुरु गरेको छ । कोभिड–१९ का कारण विगत १० महिनादेखि स्थगित हुँदै आएको स्थलगत सुपरिवेक्षण सुरु भएको राष्ट्र बैङ्कले जनाएको छ ।

सुपरिवेक्षणका लागि राष्ट्र बैङ्क अन्तर्गत ४ वटै सुपरिवेक्षण विभागले छुट्टाछुट्टै टोलीहरु निर्माण गरिसकेको छ । विभागले बैङ्क तथा वित्तीय संस्थालाई स्थलगत सुपरिवेक्षणको सूचना यसअघि नै दिइसकेका छन् ।

राष्ट्र बैङ्कले तत्कालका लागि काठमाडौं उपत्यकाभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा मात्रै सुपरिवेक्षण गर्ने योजना बनाएको छ । अबको ६ महिना उपत्यकाभित्रका लगभग सबैजसो संस्थामा सुपरिवेक्षण गर्ने सम्बन्धित विभागको योजना छ ।

अहिले राष्ट्र बैङ्कले जोखिममा आधारित सुपरिवेक्षण सुरु भए पनि राष्ट्र बैङ्कले नियमित रुपमा अनसाइट तथा इनसाइड सुपरिवेक्षणलाई समेत निरन्तरता दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप