शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पलाई ब्लक गर्दा फेसबुक र ट्वीटरको एक सातामा ५९ अर्ब गुम्यो

शुक्रबार, ०२ माघ २०७७, १५ : २९
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट ब्लक गर्दा विभिन्न सामाजिक सञ्जालले अर्बौं बराबरको क्षति व्यहोरेका छन् । फेसबुक र ट्वीटरले मात्रै यो निर्णयका कारण एक सातामा ५१.२ बिलियन डलर गुमाएका छन् अर्थात् ५९ अर्ब २४ करोड रुपैयाँ गुमाएका छन् । 

अमेरिकी संसद क्यापिटल हिलमा भएको हिंसात्मक झडपपछि ट्रम्पलाई विभिन्न प्लेटफर्मबाट ब्लक गरिएको थियो । ट्रम्पलाई ब्लक गरेपछि उनका समर्थकहरुले फेसबुक र ट्विटरलाई यो अवस्थामा पुर्याएका हुन् जुन यसअघि यसअघि कल्पना समेत गरिएको थिएन । 

सामाजिक सञ्जालहरुले थप हिंसाको सम्भावनालाई ध्यानमा राखेर यस्तो प्रतिबन्ध लगाएका थिए । यो कारणले फेसबुकको मूल्यमा सोमबार ४ प्रतिशत र मंगलबार २.२ प्रतिशत गिरावट आएको थियो । यो गिरावटका कारण फेसकुकको बजार मूल्य ४७.६ विलियन डलरले घटेको छ । 

त्यसैगरी ट्वीटरले पनि साताको सुरुवातमा सोमबार ६.४ प्रतिशत गिरावट व्यहोरेको थियो । मंगलबार २.४ प्रतिशतले गिरावट हुँदा कुल बजार मूल्यमा ३.५ बिलियन डलरर गिरावट आएको छ ।  यो निर्णयका कारण फेसबुक र ट्वीटरले अहिले पश्चाताप गर्न थालेका छन् । यद्यपि ट्वीटरका प्रमुख ज्याक दोर्सेले असामान्य वा मुस्किल परिस्थितिमा आम नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्दा यस्तो निर्णय लिनुपरेको दाबी गर्दै आएका छन् । ट्रम्पको एकाउन्टमाथि प्रतिबन्ध लगाउनु आफूहरुको असफलता रहेको समेत उनले स्वीकार गरे । किनकी यो प्लेटफर्ममा हुने स्वस्थ संवादलाई बढावा दिन आवश्यक कदम चाल्नसक्ने अवस्था छैन । 

दोर्सेले बिहीबार एक ट्वीट गर्दै भने कि यो निर्णयबाट ट्वीटरलाई न कुनै गर्व छ, न कुनै पश्चाताप नै । ट्रम्पलाई कयौंपटक चेतावनी दिएपछि यस्तो निर्णय लिएको उनले दाबी गरेका छन् । यसको दीर्घकालीन प्रभावबारे उनले लेखेका छन्, ‘यो कदमले विश्वव्यापी सञ्चारको पक्षमा कुनै एक व्यक्ति वा कम्पनीको नियन्त्रणलाई सुदृढ बनाउँछ र मलाई लाग्छ कि यो भयावह छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप