नेपालमा कोरोनाको खोपको आपत्कालिन प्रयोगका लागि बाटो खुल्यो, कोभिसिल्डलाई अनुमति
शुक्रबार, ०२ माघ २०७७, १६ : ००
औषधि व्यवस्था विभागले भारतमा निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिएको सूचना अधिकारी सन्तोष केसीले रातोपाटीलाई जानकारी दिए । योसँगै ‘कोभिसिल्ड’ नेपालमा आपत्कालिन प्रयोगको अनुमति पाउने पहिलो कोभिड–१९ विरुद्धको खोप बनेको छ ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले निर्माण गरेको खोपको भारतको सेरम इन्सिटिट्युटले उत्पादन गरिरहेको छ । यस खोपको दुई डोज चार देखि १२ हप्ताको अन्तरालमा लगाउनुपर्दछ ।
भारतमा पनि यो खोपले आपत्कालिन प्रयोगका लागि अनुमति पाइसकेको छ । शनिबारबाट भारतमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै