शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको निर्णयमा जति ढिलाई हुन्छ त्यत्ति नै मुलुक त्यति ध्रुवीकृत हुन्छ: नैनसिंह महर

शनिबार, ०३ माघ २०७७, २२ : १९
शनिबार, ०३ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका कारण लामो राजनीतिक संर्घषपछि प्राप्त उपलब्धी संकटमा परेको बताएका छन् । नेपाली काँग्रेस नमोबुद्ध नगर समितिको आयोजनामा शनिबार काभ्रेको भकुण्डेबेसीमा भएको बिरोधसभा महरले अहिलेको अवस्था हेर्दा अदालत सरकारसँग निरीह र अनुग्रही भएको त होइन भन्ने आशंका जन्मेको बताए ।

उनले भने, 'अदालतमा नपुग्नुपर्ने विषय पुगेको छ, यसले चेक एण्ड बेलेन्स मा समस्या हुनसक्छ । अदालतको फैसला यथाशीघ्र आउनुपर्छ ।' नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले मुलुकलाई ध्रुविकरणबाट रोक्ने जिम्मेवारी सर्बोच्च अदालतको काँधमा आएको बताए ।

नेकपाका कारण मुलुकमा बढेको ध्रुबिकरणले थप अस्थिरता ल्याउनेमा जोड दिँदै नेता महरले अदालतले संविधानको रक्षा गर्दै ध्रुबिकरणबाट रोक्न सक्ने बताए । महरले भने, 'सर्वोच्चको निर्णयमा जति दिन ढिलाई हुन्छ त्यत्ति नै मुलुक ध्रुविकरणको बाटोमा अगाडि बढ्छ । यसले मुलुकमा फेरि संकट थपिँदै जान्छ ।' 

अहिले नेकपाका कुनै पनि नेतालाई जनतामा जाने कुनै नैतिक बल बांकी नभएको उनले बताए । कहिले जंगलमा बसेर देशमा ध्वंस मच्चाउने कहिले सत्ता र प्रतिपक्षमा बसेर मुलुकलाई भड्खालोमा पु-याउने नेपालमा कम्युनिष्ट शक्तिको विशेषता नै भएको महरको आरोप थियो । नेता महरले अहिलेको अवस्थामा काँग्रेसले सुझबुझ नपु¥याए देशले थप क्षति व्यहोर्नुपर्ने र व्यवस्थामाथिको संकट नटर्ने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप