बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाः मृतकको संख्या ८८ हजार नाघ्यो

आइतबार, ०४ माघ २०७७, ०६ : ०१
आइतबार, ०४ माघ २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप १२९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबार सार्वजनिक तथ्याङ्क अहिले सम्मकै धेरै हो । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ५९० पुगेको छ ।

यसैगरी बितेको २४ घण्टाभित्र ४१ हजार ३४६ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३३ लाख ५७ हजार ३६१ पुगेको छ ।

बेलायतमा विगत दुई हप्ताभन्दा बढी समयदेखि लगातार ४० हजार भन्दा बढी संक्रमित थपिँदै आएका छन् । हाल बेलायतका अस्पतालमा ३७ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । बिहीबारसम्ममा ४० लाख ६ हजार ४४० खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ ।

जसमध्ये ३५  लाख ५९ हजार १७९ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४७ हजार २६१ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप