बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिंगटी हाइड्रोपावरको आईपीओ खुल्यो, कतिसम्म पाइन्छ भर्न ?

आइतबार, ०४ माघ २०७७, १० : ४९
आइतबार, ०४ माघ २०७७

सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ ।  आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइबतारदेखि आईपीओ बिक्री खुला गरेको हो 
कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । यसमा दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।

 यो आइपीओ माघ १८ गतेसम्म भर्न सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा भने फागुन ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । 

सिंगटीले परियोजना निर्माणका लागि निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ अनुमान गरेको छ । लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष अनुमान गरिएको छ । हाल यस हाइड्रोले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप