शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रोटोनको आगमनसँगै फोर ह्वीलर सेगमेन्टमा जगदम्बाको प्रवेश

एक कम्प्लिट अटो हबको रुपमा स्थापित हुने हाम्रो चाहना हो : दीपक अग्रवाल
आइतबार, ०४ माघ २०७७, १४ : १०
आइतबार, ०४ माघ २०७७

नेपाली बजारमा मलेशियन ब्राण्डको लग्जरियस कार प्रोटोन भित्रिएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रोटोन बजारमा भित्र्याएको हो । बुधबार मात्र कम्पनीले भर्चुअल माध्यमबाट प्रोटोनको नवीन मोडल ‘सागा’ सार्वजनिक गरेको छ । प्रोटोन विश्वका ७० भन्दा माथिको देशहरुमा पुगिसकेको बहुप्रतिष्ठित ब्राण्ड हो । त्यसो त यसअघि नै एक पटक प्रोटोनले नेपाल प्रवेश पाइसकेपनि त्यति सफल बन्न सकेको थिएन । तर पछिल्लो समय जगदम्बा मोटर्सले पुनः प्रोटोनलाई नेपाल भित्र्याएको छ । हालसम्म दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको मात्र कारोबार गर्दै आएको कम्पनीले पछिल्लो समय चार पाङ्ग्रेमा समेत आफूलाई अपग्रेड गरेको हो ।

हालैमात्र प्रोटोनबाट चार पाङ्ग्रे सवारीको व्यवसायिक यात्रा शुरु गरेको जगदम्बाका लागि प्रोटोन मात्र होइन चार पाङ्ग्रे नै नौलो व्यवसाय हो । यद्यपि दुई पाङ्ग्रे र तीन पाङ्ग्रेमा जगदम्बा मोटर्स निकै सफल मानिन्छ । यस्तै सफलता अब चार पाङ्ग्रेमा समेत हासिल गर्ने कम्पनीको दाबी छ । ‘एक कम्प्लिट अटो हबको रुपमा स्थापित हुने हाम्रो चाहना हो । दुई र तीन पाङ्ग्रेमा जस्तै चार पाङ्ग्रेमा पनि सफल हुनेमा हामी विश्वस्त छौं’ जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल बताउछन् । यस्तो छ रातोपाटीका लागि प्रयास श्रेष्ठले अग्रवालसँगको संक्षिप्त वार्ताः

पहिलो पटक जगदम्बाले चार पाङ्ग्रे सवारीको कारोबार शुरु गरेको छ । त्यसमा पनि प्रोटोन भित्र्याउनु भएको छ कस्तो अनुभूति भइरहेको छ ?

विश्व प्रिमियम ब्राण्ड प्रोटोनलाई पुनः नेपाल भित्र्याउन पाउँदा एकदम प्राउड फिल भइरहेको छ । हाम्रो व्यवसायिक दौरानाको १० वर्षे यात्रामा टु ह्वील, टु ह्वीलर हुँदै थ्री ह्वीलर र अहिले फोर ह्वीलरमा प्रवेश गरेका छौं । यो मानेमा हामीलाई निकै खुशी लागेको छ । त्यसो त हामीले शुरुवाती फेजमै विश्वस्तरीय ब्राण्ड ‘प्रोटोन’ लाई भित्र्याएका छौँ । जुन ३५ वर्षको इतिहास बोकेको विश्व ख्याती प्राप्त मलेशियन ब्राण्ड रहेको छ । आशा छ, टु ह्वीलर र थी्र ह्वीलरमा जस्तै अब फोर ह्वीलरमा पनि हामी सफल बन्ने छौँ ।’

जगदम्बा त्यसैपनि बजारमा स्थापित कम्पनी । टु ह्वीलर र थ्रि ह्वीलरमा निकै सफल मानिन्छ । फेरि फोर ह्वीलरको चाह चाहिँ किन बढ्यो ? के कारणले तपाईंहरु आकर्षित हुनुभयो ?

निश्चय नै । उपभोक्ताहरुको जुन माया सद्भाव र प्रेरणा हामीले पाएका छौँ त्यो अब हामी फोर ह्वीलरमा पनि पाउन चाहन्छौँ । हामी साइकलबाट शुरु गर्छौं, साइकलबाट मोटरसाइकलमा र मोटरसाइकलबाट कारमा आफुलाई अपग्रेड गर्छौं । हामीमा त्यो आवश्यकता बढ्दै जान्छ । हामीले पनि हाम्रो व्यवसायलाई माथिल्लो लेभलमा अपग्रेड गर्न लागेका हौँ ।

हाम्रो समाजले चाहने हरेक उपभोग्य वस्तुको माग र आवश्यकताको सहज परिपूर्ति गर्न सकोस् भन्ने पनि जगदम्बाको उद्देश्य हो । अटोमोबाइलका उपभोक्ताहरुले हामीबाटै प्रायः सबै खाले उत्पादनहरु पाउन् भन्ने हो । हामी एउटा ‘कम्प्लिट अटोमोबाइल हब’को रुपमा आफूलाई प्रस्तुत गर्न चाहिरहेका छौँ । टु ह्वीलर र थ्री ह्वीलरमा हामी सफल छदैछौँ, अब हामीले नयाँ प्रस्तुति फोर ह्वीलरमा प्रोटनबाट दिने कोशिष गरेका छौँ । प्रोटोनको बहुआयामिक प्रोडक्ट लग्जरियस् प्रिमियम सेडान गाडी ‘सागा’ भित्र्याएका छौं । विश्वास छ, यसले हाम्रो सफलताको उचाइ फोर ह्वीलरमा पनि दिने छ ।

फोर ह्वीलर त्यसमा पनि प्रोटोन नै रोजाइ किन ?

मैले अघि पनि भने प्रोटोन एक त्यस्तो ब्राण्ड हो, जुन विश्वस्तरिय ब्राण्ड हो । जुन गाडी ७० भन्दा माथि देशहरुमा पुगिसकेको छ भने, जहाँ–जहाँ प्रोटोन पुगेको छ, त्यहाँ–त्यहाँ सफल भएको छ । त्यसैपनि प्रोटोन एशियन ब्राण्ड । केही समय अघिमात्र पाकिस्तानमा सार्वजनिक गरिएको प्रोटोन सागा केही दिनमै ३०० युनिट कार बिक्री हुन सफल भएको थियो । प्रोटोनलाई प्रयोगकर्ताहरुले नै रुचाएको पाइएको छ । त्यसैले पनि हाम्रो रोजाइमा प्रोटोन नै प¥यो ।

अर्को कुरा हामीले लामो खोज अनुसन्धान र बजारको मागलाई बुझेर मात्र प्रोटोन भित्र्याएका हौँ । प्रोटोनलाई नेपाल भित्र्याउन हामीलाई झण्डै डेढ वर्ष नै लाग्यो । अन्ततः प्रोटोनलाई नेपाल भित्र्याउन हामी सफल भएका छौँ ।

हालसम्म नेपाली बजारमा दोस्रो तेस्रो मुलुकका ब्राण्डहरु भनिएपनि भारतीय उत्पादन बाहेकका कमै उत्पादन नेपाल भित्रिरहेका छन् । जापानिज ब्राण्ड, कोरियन ब्राण्डका गाडीहरु पनि छन् तर हामीले दोस्रो बजारलाई छाडेर तेस्रो बजार मलेशियामा नै उत्पादन भएको गाडीलाई नेपाल भित्र्याएका छौँ । मुलतः प्रोटोनको बहुआयामिक विशेषताहरुले नै हामीलाई आकर्षण गरेको हो ।

प्रोटोनमा त्यस्तो के छ जुन अरुमा छैन ?

राम्रो प्रश्न । विशेषतः प्रोटोन उत्कृष्ट पावर पिकअप र पर्फमेन्सकै लागि हो । त्यसमा पनि हामीले पहिलो पटक भित्र्याएको १३ सय सीसी इन्जिन क्षमतामा उत्कृष्ट पावर पिकअप प्रोटोन सागाको अतुलनीय विशेषता छ । त्यसमा पनि विशेष सेफ्टी फिचरलाई लिन सकिन्छ । अहिलेसम्म प्रोटोनका जतिपनि गाडीहरु उत्पादन भएका छन्, बजारमा छन् ती सबै उत्कृष्ट र सुरक्षित नै मानिन्छन् । त्यसो त यसै सवालमा प्रोटोन यूरो फोर स्टार अवार्डेड प्रिमियम कार हो । त्यसैपनि प्रोटोनका गाडीहरु आकर्षक र प्रिमियम लाग्छन् ।

यसका अलवा अतिरिक्त मनोरञ्जनका फिचरहरु उत्कृष्ट साउड सिस्टम, ब्लु टुत्थ कनेक्टिभिटी, लग्जरियस् सिट, ४२० लिटर क्षमताको ट्रंक रिलिज बुट स्पेस लगायतका विशेषताहरुले प्रोटोन साँगालाई विशेष बनाएको छ ।

सागा आफैमा सेडान गाडी, नेपाली सडक सुहाउँदो छ त ?

अवश्य, सागा सेडान सेग्मेन्टको गाडी भएपनि नेपाली बाटो सुहाउँदो नै छ । सेडान भन्ने बित्तिकै लग्जरियस्, ग्राण्ड क्लियरेन्स कम भएको गाडी बुझिन्छ । तर सागामा त्यति धेरै कम ग्राण्ड क्लियरेन्स पनि छैन । १५० एमएमको ग्राण्ड क्लियरेन्सले सागालाई नेपाली बाटो सुहाउँदो नै बनाएको छ । सामान्यतया सहरी क्षेत्रलाई लक्षित हुने सेडान गाडी सामान्य ग्रामिण क्षेत्रमा समेत सहज ड्राइभ गर्न सकिन्छ ।

तपाईंहरुले पहिलो पटक चार पाङ्ग्रे गाडीको व्यवसाय शुरु गर्नुभएको छ, त्यसपनि तेस्रो मुलुकको उत्पादन । आफ्टर सेल्स सर्भिस् र स्पेयर पाटर्सको उपलब्धतामा कतिको ध्यान दिनुभएको छ ?

व्यवसायको सफलता असफलता भन्ने कुरा नै बिक्री पछिको सर्भिसमा भरपर्ने कुरा हो । ब्राण्डको सफलता कम्पनीले सेल्सपछि दिने सर्भिस सेवामा जोडिन्छ । हामी यो कुरामा क्लियर छौँ । जुन अहिलेसम्म हामीले पाइरहेको सफलता पनि यहीँ कारण हो । अब हामी फोर ह्वीलरमा पनि त्यो सफलता लिन चाहन्छौं । त्यसैले हामीले आफ्टर सेल्स, सर्भिस् र स्पयेर पार्टसको सर्वसुलभतामा विशेष ध्यान दिएका छौँ । कुनै समस्या हुँदैन ।

हाललाई एकमात्र बिक्री केन्द्र शुरु गरेको यात्रालाई क्रमशः देशका विभिन्न स्थानमा विस्तार गर्ने योजना छ । त्यसमा सर्भिस सेन्टरहरु पनि क्रमशः विस्तार गर्दै जाने नै छौँ ।

थप भिडियोमार्फत्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप