शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसपी चन्दले फरार अभियुक्तलाई हाजिरी जमानतमा छाडे

आइतबार, ०४ माघ २०७७, २० : ३७
आइतबार, ०४ माघ २०७७

मानव बेचबिखन मुद्दामा अदालतले दोषी ठहर गर्दै २ वर्ष कैद सुनाइएका एक जना फरार अभियुक्तलाई दाङ प्रहरीले पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दको निर्देशनमा  घुमुवा प्रहरी टाेलीले मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका टोपबहादुर जिशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । तर पक्राउ परेको २४ घण्टा नबित्दै उनै एसपी चन्दले अदालतले जिसिलाई छाडेको खुलासा भएको छ । अभियुक्त जिसी शुक्रबार बिहान पक्राउ परेपनि दबाबमा साँझ  हाजिरी जमानतमा छुटेका हुन् । छुटेका जिसीलाई एसपी चन्दले जिल्लाको फैसलामा चित्त नबुझे अदालतमा पुनरावेदन गर्न भन्दै सत्तारुढ पार्टी नेकपाको दबाबमा छोडेको जिल्ला प्रहरी कार्यालय दाङका एक जना अधिकारीले जानकारी दिए । 

मानब बेचबिखन जस्तो गम्भीर प्रकारको अपराधमा संलग्नलाई पक्राउ परेको २४ घण्टामै छोड्न एसपीले आफै सकृयता देखाउनु राम्रो कुरा नभएको र यो कामले दाङ प्रहरीको नराम्रो छबि रहेको सन्देश प्रकट भएको सुरक्षा अधिकारीले बताए । 
 कार्य क्षमतामा कमजोर उनी ढुङ्गा गिट्टी तथा बालुवाको विवादमा पनि पटक पटक तानिदै आएका छन् ।  मानब बेचबिखन मुद्धामा घोराही १४ मिलनचोकस्थित घरैबाट जिसीलाइ पक्राउ गरिएको एसपी चन्द आफैले प्रेसलाइ जानकारी दिएका थिए । तर  युटर्न भइ एसपी चन्दले अभियुक्तलाई छाडेपछि उनको आलोचना भएको छ ।   

अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको भन्दै नरेश बस्नेतले जिशीविरुद्ध उजुरी दिएपछि मानब बेच बिखन ब्युरोले मुद्दा चलाएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले जिशीलाई दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो जरिवानासहितको सजायँ सुनाएको थियो ।

पुष १९ गतेको अदालतको फैसलापछि जिशीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।  जिशीलाई  प्रहरीले कारागार नपठाइ प्रहरी कार्यालयबाट नै हाजिरी जमानत यसरी छाडेपछि जिल्लास्तरमा सर्बत्र चासो र चिन्ता ब्यक्त हुन थालेको छ  ।
 जिशी नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य समेत भएको बताइएको छ । उनीसँगैका अर्का एक वर्ष कैद तोकिएका तुलसीपुर घर भइ हाल काठमाडौं बस्ने मुकुन्द जिसीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । 

मानब बेच बिखबखन मुद्धामा लुम्बिनी प्रदेश सभा सदस्य बिमला वलीलाई अदालतले बिगो भराउने फैसला पनि सुनाइसकेको छ । नरेन्द्रलाई अमेरिका पठाउने मुख्य व्यक्ति तत्कालीन लुम्बिनि प्रदेशका प्रदेस सभा सदस्य उत्तरकुमार वलीको मृत्यु भइसकेको छ। उनको मृत्यु भइसकेकाले उत्तरकी श्रीमती समेत रहेकी वलीले २५ लाख रुपैयाँ बिगो तिर्नु पर्ने फैसला अदालतले गरेको हो।

अर्का अभियुक्त घोराही १४ मिलनचोक निबासी टोपबहादुर जीसीलाई २ वर्ष कैद र १२ लाख रुपैयाँ बिगो भराउने र मतियारको भूमिकामा देखिएका तुलसीपुर निवासी मुकुन्दराज जीसीलाई एक वर्ष कैदको फैसला गरिसकेको छ।

उनीहरु तीन जनाकै संलग्नतामा नरेन्द्रलाई अमेरिका पठाउने योजना बुनिएको थियो। पीडित बस्नेतलाई अबैधरुपमा अमेरिका पठाउन इक्वेडर, कोलम्बिया हुँदै पनामा लगियो। पनामाबाट ६ दिन जंगलको बाटो हिँडाएर कोस्टारिका हुँदै निकारागुवा पुर्‍याए। होन्डुरस हुँदै ग्वाटेमाला लगेपछि उनलाई फेरि अलपत्र पारियो।
नरेन्द्र बस्नेतले अमेरिका पुगेर पैसा कमाउने र ग्रिनकार्ड पनि लिने आशामा दलाललाई पैसा खुवाए। तर, अमेरिका टेकेकै दिन उनी जेल परे।
१७ महिना जेल बसेर नरेन्द्र नेपाल फर्किए र आफूलाई फसाउनेहरुमाथि मुद्दा दायर गरे। 
अमेरिकाको जेलबाट छुटेर आउँदासम्म नरेन्द्रले ७५ लाख ९७ हजार रुपैयाँ खर्च भएको उनले बताएका छन्। उनले सास्ती र यातना थुप्रै पाएको गुनासो गरे ।  तर, जिल्ला अदालत काठमाडौँले डुबेको रकम आधामात्रै बिगो भराउने फैसला गरेको छ । 

 यता कानुन व्यवसायीहरुले भने पक्राउ गरेका अभियुक्तलाई  दोषी ठहर भइ कारागार चलान गरेका व्यक्तिले कारागार भित्रबाट पुनराबेवेदनमा गर्न सक्ने बताए । अभियुक्तलाई हाजिरी जमानतमा छाडेर प्रहरी आफै आलोचित भएको उनीहरु बताउँछन् । जिल्ला बार एशोसियसन दाङका निवर्तमान अध्यक्ष अधिवक्ता प्रदीप गौतमले अदालतले फैसलाबाट कारागार चलान गरेका ब्यक्तिले हिरासतबाट पनि फैसलामा चित्त नबुझे उच्च अदालतमा जाने कानुनी प्रावधान रहेको र अदालतबाट फैसला भएको कुरामा प्रहरीले हाजिरि जमानतमा छोड्नु भन्दा कारागार पठाउनुको उपयुक्त र कानुन सम्मत हुने बताए ।
यता, जिल्ला प्रहरी कार्यालय दाङले अभियुक्त जिसीलाई हाजिरी जमानतमा छाडिएको स्वीकार गरेको छ । कारागार भित्र बसेर पनि अदालतको फैसला चित्त नबुझे पुनरावेदन गर्ने कानुनी ब्यबस्था भएपनि पक्राउ परेका अभियुक्तलाई कारागार नपठाइ हाजिरि जमानतमा पुनरावेदन गर्ने गरि छाडिएको चन्दले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप