शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९ हजार नाघ्यो, एक मिनेटभित्र १४० खोप वितरण

सोमबार, ०५ माघ २०७७, ०५ : ४०
सोमबार, ०५ माघ २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८९ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप ६७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९  हजार २६१ पुगेको छ । 

अघिल्लो दिन शनिबार १२९५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो, जुन महामारी शुरु भएयता सबैभन्दा बढी संख्या हो । पछिल्लो एकसातामा मात्र तीन हजार ४१७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैगरी बितेको २४ घण्टाभित्र ३८ हजार ५९८ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३३ लाख ९५ हजार ९५९  पुगेको छ । बेलायतमा झन्डै तीन हप्ता पुग्न लाग्दा  संक्रमित संख्या ४० हजारभन्दा कम भएको हो ।

हाल बेलायतका अस्पतालमा ३७ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । आइतबारसम्ममा ४३ लाख ७ हजारभन्दा बढी खोप वितरण गरिसकिएको छ ।

जसमध्ये ३८ लाख ५७ हजार २६६ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४९ हजार ७३६ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् । सरकारले आज दिएको जानकारी अनुसार एक मिनेटमा १४० खोप वितरण गरिएको छ जुन संक्रमित हुने संख्या भन्दा धेरै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप