शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाडोयाममा तातो पानीले नुहाउनेहरु हुनुहोस् सावधान ! यी १० गल्तीबाट पनि जोगिनुहोस्

सोमबार, ०५ माघ २०७७, ०७ : ३७
सोमबार, ०५ माघ २०७७

चिसो मौसम सुरु हुने बित्तिकै हाम्रो शरीरमा विभिन्न परिवर्तन हुन थाल्छ । यतिबेला फ्लू र संक्रमण फैलने खतरा पनि निकै बढ्ने गर्छ । सायद यसै कारणले मानिसहरु यो मौसममा बढी नै बिरामी हुने गर्छन् । तात्तातो कफी, न्यानो कपडा, तातो पानी त यो मौसमको सबैभन्दा ठूलो आवश्यकता मानिन्छ । तर यी सबै कुरा हाम्रो शरीरका लागि कति हानिकारक हुन्छ भन्ने तपाईंलाई थाहा छ ?

ढिलासम्म तातो पानीले नुहाउनुः

विशेषज्ञलाई विश्वास गर्ने हो भने चिसो मौसममा अबेरसम्म तातो पानीले नुहाउनु राम्रो होइन । यसले हाम्रो शरीर र दिमाग दुबैमा नकारात्मक असर पार्छ । वास्तवमा तातो पानीमा केराटिन नामको स्किन सेल्सलाई ड्यामेज गर्छ  जसका कारण छालामा एलर्जी, सुख्खापन र बिमिराको समस्या बढ्ने गर्छ । 

असाध्यै धेरै कपडा लागाउनुः

चिसो मौसममा आफूलाई न्यानो राख्नु राम्रो कुरा हो तर असाध्यै धेरै कपडा लगाउनबाट जोगिनुपर्छ । यस्तो गर्दा तपाईंको शरीर ओभर हिटिङको शिकार हुनसक्छ । वास्तवमा चिसो हुँदा हाम्रो प्रतिरोधी क्षमताले ह्वाइट ब्लड सेल्सको निर्माण गर्छ जसले संक्रमण र रोगबाट हामीलाई सुरक्षा प्रदान गर्छ । जबकी शरीर ओभरहिट हुँदा प्रतिरोधी क्षमताले आफ्नो काम गर्न सक्दैन ।

अत्यधिक खानुः

चिसो मौसममा मानिसको खान्की अचानक बढ्ने गर्छ र उनीहरु स्वास्थ्यको ख्याल नै नगरी जे पनि खान थाल्छन् । वास्तवमा, चिसो मौसममा शरीरको क्यालोरी बढि खर्च हुने गर्छ जसको भरपाई हामी चकलेट वा अतिरिक्त क्यालोरीयुक्त खानेकुराको सेवनमार्फत् गर्ने गर्छौं । यस्तोमा भोक लाग्दा फाइबरयुक्त सब्जी वा फलफूल मात्रै खानुपर्छ ।

क्याफिनः

चिसो मौसममा चिया र कफीमार्फत् शरीरलाई तातो राख्नु एउटा राम्रो तरिका हो । तर सायद तपाईंले बिर्सनुभएको होला कि अत्यधिक क्याफिन पनि शरीरका लागि हानिकारक छ । दिनभरी तपाईंले २ वा ३ कपभन्दा बढी कफी पिउनु हुँदैन । 

कम पानी पिउनुः

चिसो मौसममा मानिसहरुलाई कम प्यास लाग्छ । तर यसको अर्थ यो होइन कि चिसो मौसममा शरीरलाई पानीको आवश्यकता पर्दैन । पिसाब फेर्दा, खाना पचाउँदा र पसिनामार्फत् पानी शरीरभन्दा बाहिर आउँछ । यस्तोमा पानी नपिएका कारण शरीर डिहाइड्रेट हुन थाल्छ । यसले मृगौला र पाचन प्रक्रियामा समस्या बढाउँछ । 

सुत्नु अघि के गर्ने ?

एक शोधका अनुसार राती सुत्नु अघि हात र खुट्टामा पञ्जा र मोजा लगाउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । निद्राको गुणस्तर सुधार्नका लागि यो तरिका निकै फाइदाजनक मानिएको छ ।

बेडटाइम रुटिनः

यो मौसममा दिन छोटो र रात लामो हुन्छ । यस्तो दिनचर्याले सिर्काडियन साइकल डिस्टर्ब त हुन्छ नै शरीरमा मेटालोनिन हर्मोनको श्राव पनि बढ्ने गर्छ । जसका कारण चाँडै निद्रा लाग्छ र सुस्तता बढ्छ । त्यसैले आफूले दैनिक सुत्ने समयमा नै निद्रा पूरा गर्ने कोसिस गर्नुहोस् ।

बाहिर जान अस्विकारः

चिसो मौसममा धेरै मानिसहरु चिसोबाट बच्नका लागि घरबाट बाहिर निस्कन नै बन्द गरिदिन्छन् । यस्तो गर्नु स्वास्थ्यका लागि भारी पर्न सक्छ । घरभित्रै रहँदा तपाईंको शारीरिक क्रियाकलाप कम हुन्छ । मोटोपना बढ्छ र सूर्यको किरणबाट पाइने भिटामिन डीबाट पनि वञ्चित भइन्छ । 

व्यायामः

तापक्रम कम भएका कारण धेरैजसो मानिसहरु बेडभित्रै बस्न रुचाउँछन् । शारीरिक व्यायाम शून्य हुने भएकोले हाम्रो प्रतिरोधी क्षमता सुस्त हुन थाल्छ । त्यसैले बेडभित्रै बसिरहनुको साटो साइक्लिङ गर्ने, हिँड्ने वा कुनै पनि वर्कआउट तत्काल सुरु गर्नुहोस् । 

आफैं जान्ने भएर औषधीको सेवनः

यो मौसममा धेरैजसो मानिसहरुलाई रुघा, खोकी, ज्वरोलगायतका समस्या देखिने गर्छ । यस्तोमा डाक्टरसँग उपचार नगराइ आफैंले औषधीको सेवन गर्नु घातक हुनसक्छ । यो कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । त्यसैले कुनै पनि औषधी वा तरिका अपनाउनु अघि डाक्टरको सल्लाह लिनुहोस् ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप