शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिहीन र अव्यवस्थित बसोबास गर्नेको तथ्याङ्क सङ्कलन शुरु

सोमबार, ०५ माघ २०७७, १० : २१
सोमबार, ०५ माघ २०७७

कैलालीको गौरीगङ्गा नगरपालिकाले जग्गा नापपास गर्न विवरण संकलन गर्न थालेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका व्यक्तिहरुको जग्गा नाप पासका लागी  विवरण सङ्कलन गर्न थालेको हो ।

पुस १५ बाट जग्गा तथ्याङ्क टोली नगरपालिकाको प्रत्येक वडामा गएको गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले रातोपाटीलाई जानकारी दिए । उनले सुदूरपश्चिममै पहिलोपटक गौरीगंगा नगरपालिकाले जग्गा तथ्याङ्क लिन शुरु गरेको बताए ।

भूमिहीन दलित र सुकुम्बासीको तथ्याङ्क संकलनका लागि रातो फाराम र अव्यवस्थित बसोबासका लागि सेतो फाराम छनोट गरिएको छ  । संकलन गरिएका तथ्याङ्क फाराम वडा सदस्यबाट सिफारिस भइ कर्मचारीले रुजु गर्नेछन् । त्यसलाई वडा अध्यक्षयको प्रमाणित गरेपछि मात्र नगरपालिकाको ईकाई कार्यालयको कम्प्युटरमा ईन्ट्री हुने छ । जोशीले  कम्प्युटर ईन्ट्री पश्चात् संकलन गरिएका सबै फाराम नगर सहजिकरणमा गई त्यहाँ निर्णयपछि मात्र भूमिसम्बन्धी समस्या आयोगमा पठाइने बताए । आयोगले ठीक छ भनेपछि जग्गा नाप्ने प्रकृया अघि बढ्ने उनले बताए ।

जग्गा नापपास पश्चात् आयोगबाट पुर्जा बनाइ नगरपालिका आउने र नगरपालिकाले वडालाई जिम्मा लगाइ अध्यक्षको रोहोबरमा पूर्जा वितरण हुने जोशीले जानकारी दिए । 

जेठ अन्तिमसम्ममा पूर्जा वितरण गरी सक्ने लक्ष्य लिएको जोशीको भनाइ छ । कैलालीको ९ पालिकाहरुमा विवरण संकलन गर्ने कार्य सुरुवाती चरणमा रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप