बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा दुई राप्रपाबीच समायोजन, अध्यक्षमा चन्द्रशेखर

सोमबार, ०५ माघ २०७७, १७ : ०५
सोमबार, ०५ माघ २०७७

ओखलढुंगामा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच भएको एकताअनुसार समायोजन सम्पन्न भएको छ । सोमबार समायोजनका लागि भएको भेलाबाट एकीकृत राप्रपाको जिल्ला अध्यक्षमा चन्द्रशेखर लामिछानेलाई सर्वसम्मत चयन गरिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री भुवन पाठककोे प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले लामिछानेलाई अध्यक्ष चयन गर्दै १८ सदस्य जिल्ला कार्य समिति गठन गरेको हो । 

भेलाले पार्टीको सहअध्यक्षमा टंक आचार्यलाई चयन गरेको राप्रपाका केन्द्रीय सदस्य राजेन्द्र गुरुङले जानकारी दिए । दुई पार्टीबीच भएको समायोजन कार्यक्रममा सम्बोधन गर्दै पाठकले देशमा राजसंस्था पुनःस्थापना भइछाड्ने बताए । 

कम्युनिस्ट सरकार सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उनले पछिल्लो १० वर्षको अवधिमा सरकारमा रहेकाहरुले अर्बौको भ्रष्टाचार गरेको समेत आरोप लगाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप