सहिद मञ्चको उद्घाटन
सोमबार, ०५ माघ २०७७, २० : ०२
काठमाडौं । प्रदेश २ का प्रदेश सांसद बिक्की यादवले बलिदानी दिवसको अवसरमा सहिदमञ्चको उदघाटन गरेका छन् । सप्तरीको डाकनेश्वरी नगरपालिकाको वडा नम्बर ३ हटैलको क्रिकेट मैदानमा निर्माणधिन सो मञ्चको उद्घाटन उनले गरेका हुन् ।
सो मञ्च १० लाख रुपियाँमा निर्माण भएको हो । असारदेखि सो मञ्चको निर्माण शुरु भएको थियो । यो मन्च दुुई तीन महिनाअघि नै निर्माण भइसकेको थियो तर यही बलदानी दिवसका कारण उद्घाटनका लागि रोकिएको थियो र आज बलिदानी दिवसको अवसरमा उद्घाटन गरिएको उनले बताए ।
यसैगरि सोही कार्यक्रममार्फत सांसद यादवले सो मैदानमा स्टेडियम स्थापनाका लागि २० लाख रुपियाँ सहयोग गर्ने भनि घोषणा समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै