शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्फास्ट्रक्चर बैंकको आईपीओ आज बन्द हुँदै, हालसम्म कतिले भरे ?

मङ्गलबार, ०६ माघ २०७७, ०९ : २९
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ आज बन्द हुँदैछ । 

मंगलबार साँझ ५ बजेदेखि यो आईपीओका लागि दिइने आवेदन बन्द हुने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलले जनाएको छ । 

आवेदन बन्द हुनेगरी तोकिएको सुरुको मितिमै आईपीओका लागि पर्याप्त आवेदन परेको भन्दै मंगलबारदेखि आवेदन बन्द हुने क्यापिटलले जनाएको हो । 

सोमबार साँझसम्म यो आईपीओका लागि ११ लाख ७७ हजार जनाले आवेदन दिएका थिए । ती आवेदकबाट १४ अर्ब १९ करोड कित्ता शेयरका लागि आवेदन परेको थियो । यो माग निफ्राले जारी गरेको आईपीओभन्दा दोब्बर नजिक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप