बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाघजस्तै कुुकुर, जसलाई देख्दा मानिस र जनावर दुबै झस्कन्छन्

मङ्गलबार, ०६ माघ २०७७, १२ : १९
मङ्गलबार, ०६ माघ २०७७

संसारमा धेरै त्यस्ता अनौठो कुरा छन्, जसलाई पहिलोपटक देख्दा यो नक्कली हो वा सक्कली भनेर छुट्टयाउनै गाह्रो हुन्छ । केही कुराहरु देख्दा यर्थाथ हो वा भ्रम भने खुुट्टयाउन गाह्रो पर्छ । 
भारतको तेलंगानामा आजकल एउटा कुकुर निकै चर्चामा छ ।

खासमा यो कुकुर बाघजस्तै देखिन्छ । त्यसैले यसलाई देख्नेहरु छक्क पर्ने गरेका छन् । केसलापुर गाउँको यो कुकुरको शरीरमा बाघका जस्तै धर्साहरु छन्,  गाउँलेहरुका अनुसार सानैदेखि यस कुकुरको शरीरमा यी धर्साहरु छन् । त्यसैले यो कुकुरलाई बाघ संझिएर धेरैपटक मानिसहरु डराउने गरेका छन् । नजिकका मानिसहरु यस कुकुरलाई टाइगर डग भनेर बोलाउँछन् । 
खेतमा काम गर्दै गर्दाको अवस्थामा एक गाउँलेले यो कुकुर भेटेका थिए । त्यसपछि उनले घरमै ल्याएर यसको हेरचाह गर्न थाले । 

मानिसहरुमात्रै नभएर अन्य जनावरहरु पनि यस कुकुरलाई देखेपछि डराएर भाग्ने गरेका छन् । पशुपालन विभागका अनुसार ब्रिडिङ गरेर यस्तो प्रजातीको कुकुरको संख्या बढाउन सकिन्छ । मानिसहरुले पनि बाघजस्तै धर्साहरु भएका यस्ता कुकुरलाई पाल्नमा रुची देखाइरहेका छन् । त्यसैले यो कुकुर पुरै इलाकामा आर्कषणको केन्द्र बनेको छ । टाइगर डगलाई हेर्न अन्य गाउँहरुबाट पनि मानिसहरु आउने गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप