मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ

मङ्गलबार, ०६ माघ २०७७, १२ : ३८
मङ्गलबार, ०६ माघ २०७७

सप्तरी । सप्तरीमा बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरबाट प्रहरीले सोमबार बेलुका ४ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।
उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप