बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन लाइफले आईपीओ ल्याउने, प्रस्ताव पारित गराउन बोइलायो साधारणसभा

मङ्गलबार, ०६ माघ २०७७, १३ : २०
मङ्गलबार, ०६ माघ २०७७

सिटिजन लाइफ इन्सुरेन्सले आईपीओ प्रस्ताव पारित गराउन फागुन २ मा साधारणसभा बोलाएको छ । 
सो सभामा कम्पनीले आईपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । 

साथै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप