बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म समीक्षा– कागजमा मरेका ज्युँदो व्यक्तिको कथा

मङ्गलबार, ०६ माघ २०७७, १५ : १०
मङ्गलबार, ०६ माघ २०७७

एजेन्सी । डिजिटल स्ट्रिमिङ प्लेटफर्म जी–५ मार्फत बिहीबार बलिउड फिल्म ‘कागज’ रिलिज भएको छ । सतिश कौशिकद्धारा निर्देशित यस फिल्ममा पंकज त्रिपाठी लिड रोलमा छन् । यसबाहेक निर्देशक सतिश कौशिक स्वयंम्, एम मोनल गज्जर, मीता वशिष्ट, अमर उपाध्याय, नेहा चौहान, सन्दीपा धर, ब्रिजेन्द्र कालालगायत कलाकारहरुले पनि फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

फिल्मको ट्रेलर धेरै दिनअघि नै रिलिज गरिएको थियो । जसकारण पंकज त्रिपाठीका फ्यानहरु फिल्म रिलिजको मिति कुरेर बसेका थिए ।  फिल्मको कथा निकै रोमान्चक र अचम्मित गर्ने खालको छ । यसमा पंकज त्रिपाठीको अभिनयले सुनमा सुगन्धको काम गरेको छ । फिल्मको कथा एक त्यस्ता व्यक्तिको जीवनमा आधारित छ, जो ज्युँदो भएपनि कागजी दस्तावेजमा उनलाई मृत घोषित गरि सकिएको हुन्छ । यसपछि फिल्म यही कथाको वरिपरि घुम्छ । 

यसक्रममा फिल्ममा भारतको सरकारी तन्त्रको खस्कदों स्तर देखाउने कोसिस गरिएको छ, देशको प्रणालीले कसरी एक सामान्य मानिसको जीवनलाई बर्बाद गरिदिनसक्छ भनेर फिल्ममा देखाइएको छ ।  कसरी महिनौंसम्म अदालत धाउँदा पनि न्याय मिल्दैन भनेर देखाइएको छ ।

यो फिल्म यस्तो व्यक्तिको कथा हो,जसले आफुलाई ज्युँदो साबित गर्न राज्य प्रणालीविरुद्ध संघर्ष गर्छ । यस संघर्षका दौरान उसले आफुजस्तै तमाम मानिसलई पनि यस लडाइँमा समावेश गर्छ ।  फिल्मको कहानी सुरुमा केही हल्काजस्तो लागेपनि यो बिस्तारै गम्भिर बन्दै जान्छ । दर्शकका लागि फिल्म निकै मनोरञ्जक छ । 

पंकज त्रिपाठीको दमदार अभिनय
फिल्मको लिड रोलमा भरत लालको भूमिका निभाएका पंकज त्रिपाठी छन् । उनी यस भूमिकामा निकै डुबेका छन् र यर्थाथपरक लाग्छ । सायद, एउटा कलाकारका रुपमा पंकज त्रिपाठीको खुबी पनि यही नै हो । त्यस्तै, भरत लालकी श्रीमती रुक्मणीको भूमिकामा एम मोनल गज्जर र वकिल साधुरामको भूमिकामा सतिश कौशिक पनि निकै उत्कृष्ट देखिएका छन् । फिल्मका अन्य कलाकारको भूमिका पनि प्रशंसायोग्य छ । 

लाल बिहारीको कथामा आधारित छ फिल्म 
सतिश कौशिकको यो फिल्म मुख्य रुपमा लाल बिहारी नामक एक व्यक्तिको जीवनमा आधारित छ । कागजमा मृत्यु भइसकेका यी व्यक्तिले आफुलाई जीवित साबित गर्न १८ वर्ष लामो संघर्ष गर्नुपरेको थियो । यो फिल्म सरकारी कागजको महत्व बताउने वास्तविक घटनाहरुमा आधारित छ पनि भन्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप