बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पिपुल्स हाइड्रोपावरको प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

मङ्गलबार, ०६ माघ २०७७, १८ : ५१
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । 

कम्पनीले लमजुङ्ग जिल्लामा निर्माण गर्न लागेको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मे.वा. निर्माण गरीरहेको र सोमा लगानी गर्न आवश्यक स्वपुँजी समेत लगानी गर्न आफ्नो जारी पुँजी दुई अर्ब ७५ करोड मध्ये ८२ करोड ५० लाख बराबरको रु.१०० अंकित दरको ८२ लाख ५० हजार कित्ता सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । 

सो क्रममा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनीका प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमाको रुपमा दर्ता भई २०७५ फाल्गुण १५ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो ।

कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिका (तत्कालीन ढोडेनीे÷फलेनी गा.वि.स.) मा बहने दोर्दी खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७०प्रतिशत सम्पन्न भएको छ । आगामी २०७८ साल असोज महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप