
पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

सिरहा । सिरहाको लहानमा आज दिउँसो बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गसँग टाँसिएको लक्ष्मण ललिता मावि स्कुल नजिकै रहेको सार्वजानिक पोखरीमा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पोखरीमा माछा मार्न गएका स्थानीयवासी बिन्दु शहनीले पानीमा डुविरहेको अवस्था शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सर्माका अनुसार
नाम नखुलेका अन्दाजी ५०–५५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी शालिग्राम पौडेलले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ