शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निफ्राको सेयरमा अहिलेसम्मकै धेरै आवेदक, एकजनाको भागमा कति पर्ला ?

मङ्गलबार, ०६ माघ २०७७, १९ : १०
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक(निफ्रा) को सेयरमा अहिलेसम्मकै धेरै आवेदन परेको छ ।

मंगलबार साँझ ५ बजेसम्म खुला आवेदन खुला रहेको सेयरका लागि १५ लाख २९ हजार ४ सय ६० जनाले आवेदन दिएको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलले जनाएको छ । यो अवधिमा कुल १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरका १८ करोड लाख ८६ हजार ७ सय २० कित्ता सेयरका लागि आवेदन परेको जनाइएको छ । 

इन्फास्ट्रक्चर बैंकको आईपीओका लागि परेको यो आवेदन अहिलेसम्मकै धेरै हो । यसअघि चन्द्रागिरी हिल्सको आईपीओमा सर्वाधिक १२ लाख ५१ हजार कित्ता आवेदन परेको थियो ।

सबै आवेदकले ५० कित्ता भन्दा बढी आवेदन दिएको अवस्थामा यो आवेदक संख्याले ४० वा ५० कित्ता सम्म मात्रै आईपीओ पर्ने देखाएको छ । तर, कतिपय आवेदन अस्वीकृत हुने र कतिपयले कम शेयरका लागि मात्रै आवेदन गर्नाले आवेदकले ५० वा ६० कित्ता पाउनसक्ने अनुमान समेत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप