शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बढदो चिसोका कारण रौतहटका सामुदायिक विद्यालय बन्द हुँदै

मङ्गलबार, ०६ माघ २०७७, १९ : ५६
मङ्गलबार, ०६ माघ २०७७

रौतहट । लगातर एक सातादेखि चलेको सितलहरले बढदै गएको चिसोका कारण रौतहटका सामुदायिक विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । जिल्लाको कटहरिया नगरपालिकाले मंगलवार एक सूचना प्रकाशित गर्दै नगरक्षेत्र भित्रका सम्पूर्ण सामुदायिक विद्यालय तीन दिन बन्द गर्न आव्हान गरेको छ ।

बढदै गएको चिसोले कोभिड १९ को जोखिम समेत बढेकाले बुधबारदेखि शुक्रवारसम्म कटहरिया नगरपालिका अन्तर्गतका सबै विद्यालयमा विदा दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादवद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । यसअघि बढ्दो चिसोकै कारण गरुडा,गौर, राजपुर लगायत झण्डै एक दर्जन स्थानीय तहका सामुदायिक विद्यालयहरुमा बिदा दिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप