शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई कसरी सिध्याउने भन्ने ओलीको एक मात्रै लक्ष्यः प्रचण्ड

मङ्गलबार, ०६ माघ २०७७, २१ : १४
मङ्गलबार, ०६ माघ २०७७

नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँग अब एकताको कुनै सम्भावना नरहेको बताएका छन् । उनले यसमा अब केही भ्रममा बस्नु आवश्यक नरहेको प्रचण्डले स्पष्ट पारे । 
मंगलबार राति एक टेलिभिजन अन्तरवार्तामा बोल्दै प्रचण्डले आधिकारिक नेकपा पनि आफूहरु नै रहेको भन्दै निर्वाचन आयोगले पनि आफूहरुलाई नै मान्यता दिने दावी गरे । 

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको एक मात्रै लक्ष्य आफूलाई कसरी सिध्याउने भन्ने रहेको समेत बताए । 
गणतन्त्र रहिरहे आफ्नो औचित्य नै सकिने ठानेर ओली आफूविरुद्ध षड्यन्त्रमा लागेको प्रचण्डले दावी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप