मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरले दियो पाटन अस्पताललाई १ करोड

मङ्गलबार, ०६ माघ २०७७, २१ : २७
मङ्गलबार, ०६ माघ २०७७

ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । 
ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए  ।

कार्यक्रममा ललितपुरका प्रमुख महर्जनले कोभिडका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरेको बताए  । पाटन अस्पताल ललितपुर महानगरपालिका भित्र हुनु गौरव कुरा भएको बताउँदै उनले भने, ‘नेपाल सरकारले अन्य स्थानीय तहलाई अस्पताल बनाउन आर्थिक सहयोग गर्दा ललितपुर महानगरपालिकालाई सहयोग गरेन, सहयोग नगर्नुको कारण राम्रो सेवा पु¥याइरहेको अस्पताल पाटन अस्पताल ललितपुर महानगरमा छ भनेर नै हो ,  पाटन अस्पतालले राम्रो सेवा  पु¥याउने राम्रो अस्पताल छ भनेर नै हो । ’ नगरप्रमुख महर्जनले पाटन अस्पताल महानगरको आफ्नै अस्पताल भएको बताउँदै घनिभूत रुपमा सहकार्य गर्न आत्तुर भएको धारणा राखे । 

पाटन अस्पताल ललितपुरवासीको मात्रै अस्पताल नभएको बताउँदै ७७ वटै जिल्लाका सर्वसाधारण यहाँ उपचार गर्न आउने प्रमुख महर्जनले बताए । 
महानगरका उपप्रमुख गीता सत्यालले पाटन अस्पताल महानगरपालिकाको गहना अस्पताल भएको बताउँदै मुलुकका उच्चदेखि निम्न वर्गलेसर्वसुलभ ढंगबाट उपचार गर्न सक्ने बताइन् । उनले अस्पताललाई महानगरले गरेको यो

सहयोग साधारण भएको बताउँदै सहयोग गरेर एउटा इँटा थपेको स्पष्ट पारिन् । 
कार्यक्रममा अस्पतालका निर्देशक डा. रवि शाक्यले पाटन अस्पतालले मुख्यगरी कोभिड बेला  गरेको कामलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको बताउँदै यसले हौसला मिलेको प्रतिक्रिया दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप