बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

करणीको प्रयास गर्ने पुरुषलाई महिलाले घरभित्र थुनेपछि...

मङ्गलबार, ०६ माघ २०७७, २१ : ३५
मङ्गलबार, ०६ माघ २०७७

 दाङमा जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दंगीशरण गाउँपालिका–७ श्रीगाउँ निवासी ३० वर्षीय हरि देवकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरि कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए । उनले माघ ३ गते राति ७ बजेतिर एक महिलामाथि जबरजस्ती करणी गर्न खोजेको भनी उजुरी परेकाले अनुसन्धानकालागि पक्राउ गरिएको प्रहरीले बताएको छ । मापसे गरेर ती महिला करणी प्रयास गरेको उजुरी परेपछि पक्राउ गरिएको हो ।

करणीको प्रयास गरेपछि महिलाले घरभित्र थुनेर प्रहरीलाई बोलाएपछि नियन्त्रणमा लिइएको हो । देवकोटालाई सोमबार जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप