आगो बालेर नसुत्न अनुरोध
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बालेर सुत्दा विभिन्न जिल्लामा मानवीय क्षति भएको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ ।
प्राधिकरणले घरमा जाडो भयो भनेर झ्याल ढोका थुनेर आगो बाल्दा निसास्सिएर मानिसको ज्यान जान सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले विभिन्न जिल्लमा आगो बालेर बस्दा वा सुत्दा कपडामा आगो सल्किएर घटना भएको जानकारी दिए ।
पछिल्लो पटक काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित खड्कागाउँका ८४ वर्षीय एक पुरुषको आगलागीबाट मृत्यु भएको छ । सोमबार कोठामा हिटर बालेर सुतेकोमा ओछ्यानमा आगो सल्किँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ । यस्तै कैलालीको धनगढीस्थित भन्सार रोडमा एक महिला आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई घाइते भएको जनाइएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ लोकासिङस्थित एक गोठ र भान्सा घरमा अचानक आगलागी हुँदा गोठ पूर्णरुपमा नष्ट भएको र सो क्रममा झण्डै रु चार लाखको क्षति भएको जनाइएको छ ।
अछामको मेल्लेख गाउँपालिका–३ दर्बास्थित एक किराना पसलमा अचानक आगलागी हुँदा पसल, एउटा मेडिकल पसल र एक सिलाइकटाइको पसलमा समेत आगलागी भएको प्राधिकरणले आज जारी गरेको सूचनामा उल्लेख छ । गएको वैशाख यता एक हजार ५०० आगलागीका घटनामा ४९ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमै एमाले र माओवादीबिच मतभेद
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा