शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा कोरोनाबाट दुईको मृत्यु

मङ्गलबार, ०६ माघ २०७७, २१ : ५३
मङ्गलबार, ०६ माघ २०७७

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमै मृत्यु भएको जानकारी दिइएको छ ।
 
गत पुस २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि २७ गते भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । बिरामीको स्वास्थ्यमा सुधार भएपछि २९ गतदेखि पुनः होम आइसोलेसनमा बसेका उनको मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । 
 
अर्को एक जना  होम आइसोलेसनमा बसेका नेपालगञ्जकै वडा नम्बर १ का ४९ बर्षीय पुरुषको पनि आज मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका उनी एक्कासि बेहोस भएका थिए । भेरी अस्पताल लगिएलगत्तै उनको मृत्यु भएको फोकल पर्सन वलीले बताए । उनलाई पुस २८ गते कोरोना पुष्टि भएको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप