शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरबाट दुई थान हतियारसहित एक युवक पक्राउ

मङ्गलबार, ०६ माघ २०७७, २३ : ०१
मङ्गलबार, ०६ माघ २०७७

जनकपुर । दुई थान पेस्तोलसहित धनुषा प्रहरीले एक युवकलाई जनकपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका– १ स्थित सोहनी बस्ने १८ वर्षीय विवेक यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित  बावनबिग्हा जाने बाटोबाट मंगलबार उनलाई पक्राउ गरेको प्रवक्ता मिश्रले बताए । गोप्य सूचनाको आधारमा हतियार ओसारपसार गरिरहेको खबर प्राप्त पश्चात् उक्त टोलीले आरोपित युवक विवेक यादवलाई पक्राउ गरेको उनले स्पष्ट पारे ।

हतियार सहित पक्राउ परेका आरोपित यादवलाई आवश्यक कारवाहीका लागि प्रक्रिया अघि बढाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप