शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा उच्च सतर्कताकै बीच ५ ठाउँमा गोली चल्यो

बुधबार, ०७ माघ २०७७, ०० : १४
बुधबार, ०७ माघ २०७७

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको अघिल्लो दिन अमेरिका ५ ठाउँमा गोली चलेको छ । सो घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । यी घटना क्यालिफोर्निया र पेनसिलवेनियामा भएको जनाइएको छ । क्यालिफोर्नियाको गोलीकाण्डमा एक अधिकारीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

एक सुरक्षा अधिकारीका अनुसार उक्त घटनमा एक संदिग्ध व्यक्तिको पनि ज्यान गएको छ । सेक्रमेन्टो काउन्टीका शेरिफ स्कट जोन्सका अनुसार सोमबार भएको गोलीबारीका घाइतेको अवस्था भने स्थिर रहेको छ । जोन्सका अनुसार मृत अधिकारी भने विभागमा ६ वर्षदेखि कार्यरत रहेका थिए । उनका अनुसार संदिग्ध व्यक्ति भने ४० वर्ष आसपास रहेको थियो । घटनामा सामेल भएकोहरुको भने अहिलेसम्म पहिचान भएको छैन । उता, पेनसिल्वेनियामा पनि हवाई फायरिङ भएको जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप