शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजतन्त्रको अपमान गरेको भन्दै महिलालाई ४३ वर्षको जेल सजाय, फेसबुकमा सेयर गरेकी थिइन् पोस्ट

बुधबार, ०७ माघ २०७७, १० : ०७
बुधबार, ०७ माघ २०७७

थाइल्याण्डकी पूर्व सरकारी कर्मचारीलाई राजतन्त्रको अपमान गरेको आरोपमा ४३ वर्षको जेल सजाय सुनाइएको छ । अंचन नामकी पूर्व महिला अधिकारीलाई कूल ८७ वर्षसम्म जेल सजाय हुन सक्थ्यो तर दोष स्विकार गरेका कारण उनको सजाय घटाएर करिब ४३ वर्ष पुर्याइएको छ । 

डेली मेलका अनुसार ६० वर्ष माथिकी अंचनलाई मंगलबार बैंककको क्रिमिनल अदालतले दोषी ठहर गरेको थियो । फेसबुक र युट्युबमा राजतन्त्रको अपमान गरेको अडियो क्लिप सार्वजनिक भएपछि उनीमाथि कारवाही सुरु गरिएको थियो । थाइल्याण्डको कानूनमा राजतन्त्रको अपमान गर्दा सजाय दिइने प्रावधान छ । राजतन्त्रको अपमानको २९ मामिलामा उनलाई दोषी ठहर गरिएको थियो । 

थाइल्याण्डको राजतन्त्रको कथित अपमानको यो घटना करिब ६ वर्ष पुरानो हो, जब सन् २०१४ मा देशमा राजतन्त्रविरुद्ध भावना बढ्न थालेको थियो । अंचनलाई सन् २०१५ जनवरीदेखि नोभेम्बर २०१८ सम्म जेलमा राखिएको थियो । यस्तै अब अंचनलाई यस्तो समयमा सजाय सुनाइएको छ जब थाइल्याण्डमा राजतन्त्रविरुद्ध एकपटक पुनः रिस बढ्न थालेको छ । पछिल्ला केही समयदेखि थाइल्याण्डमा थुप्रै पटक राजा महा वजिरालोंगकोर्नविरुद्ध विरोध प्रदर्शन आयोजना गरिएको छ । 

यो मामिलाको सुनुवाई सुरुमा सैनिक अदातलमा भएको थियो तब अंचनले आफूमाथि लागेको आरोप अस्विकार गरेकी थिइन् तर क्रिमिनल कोर्टमा यो मामिला ट्रान्सफर भएपछि उनले अपराध स्विकार गरिन् । 

अंचनले सरकारी कर्मचारीको रुपमा थाइल्याण्डमा करिब ४० वर्षसम्म काम गरिन् । अवकाश हुनुभन्दा ठिक एक वर्षअघि अंचनलाई पक्राउ गरिएको थियो । थाइल्याण्डको कानून अनुसार कोही पनि व्यक्तिले राजतन्त्रको अपमानको मुद्दा दर्ता गर्न सक्छ र यो कानूनको प्रयोग विरोधीले आवाज दबाउनका लागि गर्ने गर्छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप