शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो

बुधबार, ०७ माघ २०७७, ११ : ००
बुधबार, ०७ माघ २०७७

नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । 
यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप