लोकप्रिय बन्दै ठाको देवी जोगेन्द्र दाश प्रदेश २ प्रहरी अस्पताल

person explore access_timeमाघ ७, २०७७ chat_bubble_outline0

 

ठाको देवी जोगेन्द्र दाश प्रदेश २ प्रहरी अस्पतालले बिरामीलाई निशुल्क स्तरिय सेवा प्रदान गर्दै लोकप्रिय बन्दै गएको छ । दैनिक ओपीडी–सेवा आकस्मिक सेवा देखी सामान्य सल्यक्रियाको सेवा समेत निःशुल्क प्रदानगर्दै लोकप्रिय बन्दै गएको हो ।

सप्तरीको रुपणी गाउँ पालिका वडा १ राजमार्गसँग जोडिएको रुपणी चौकस्थित प्रहरी अस्पतालले प्रहरी कर्मचारीका साथै सर्वसाधारणसमेतलाई स्थानीय निःशुल्क उपचार सेवा दिएर सानो समयमै लोकप्रिय बन्दै गएको छ ।

सामान्य शल्यक्रियादेखि आकस्मिक सेवा, ओपिडी सेवा, दन्त चिकित्साका साथै अस्पतालमा २४औँ घन्टा ल्याबसेवासमेत दिइरहेको अस्पतालका प्रमुख डाक्टर सुरेन्द्र साहले जानकारी दिएका छन् ।

स्थानीय योगेन्द्र भगत र ठाको देवी दम्पतीले २०६८ पुस ४ गते लाखौँ मूल्यपर्ने रुपणी–१ स्थित राजमार्गसँग जोडिएको २ बिगहा ६ कठ्ठा जग्गा निःशुल्क दिएपछि प्रहरी अस्पताल भवनको निर्माण सुरु भएको थियो । नेपाल प्रहरीका तत्कालिन आईजिपी उपेन्द्रकान्त अर्यालले २०७६ माघ २ गते प्रहरी अस्पतालको विधिवत उद्घाटन गरेलगत्तै उपचार  सेवा सुरु भएको हो ।

सेवारत प्रहरी कर्मचारी, अवकाशप्राप्त प्रहरी कर्मचारीका साथै सर्वसाधारणलाई उक्त उपचार सेवा दिँदै आएको छ ।

प्रदेश २ प्रहरी अस्पतालमा डाक्टर तथा डिएसपी  सुरेन्द्र साहको नेतृत्वमा स्वास्थ तर्फ १५ तथा प्रशासन तर्फ २२ जनागरी कुल ३७ जना कर्मचारी कार्यरत रहेका छन् ।

प्रदेश २ अन्तर्गतको विभिन्न जिल्लामा आयोजना भएको स्वास्थ शिविर तथा दैनिक आउने बिरामी गरि कुल ७ हजार दुईसय ५० जना बिरामीलाई उपचार सेवा प्रदान गरिएको डाक्टर साहले बताएका छन् ।

हाल प्रादेशिक प्रहरी अस्पतालमा सामान्य शल्यक्रिया सेवाको सुविधा भएपनी निकट भबिस्यमै सबै प्रकारको मेजर अपरेसनको लागि आवश्यक प्राविधिक कार्य सुरु भएको डाक्टर साहले जानकारी दिएका छन् ।

भगत दम्पतीले निःशुल्क दान गरेको जग्गामा चारतल्ले भवनमा १६ वटा कोठामा  प्रादेशिक अस्पताल संचालनमा रहेको छ । प्रदेश २ अन्तरगतको कुनैपनि जिल्लाको बिरामीलाई सहज किसिमले उपचार सेवा दिने ब्यवस्था भएकाले उपचारको लागि निर्धक्क आउन प्रादेशिक प्रहरी अस्पतालले सर्वसाधारण सबैलाई आग्रहसमेत गरेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X