शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मालपोत कार्यालय लगनखेलका नायब सुब्बा घूससहित पक्राउ

बुधबार, ०७ माघ २०७७, ११ : ४१
बुधबार, ०७ माघ २०७७

भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घूससहित पक्राउ परेका छन् । 

 सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घूस मागेको उजुरीका आधारमा अख्तियार टोलीले उनीहरुलाई ४० हजार घूससहित पक्राउ गरेको हो । 

श्रेष्ठद्वयलाई घूस रकम लिइसकेको अवस्थामा लगनखेल स्थित बसपार्क नजिकबाट मंगलबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप