शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य समायोजनलाई राजनीतिक विषय नबनाउन निगमको आग्रह

बुधबार, ०७ माघ २०७७, १२ : ०२
बुधबार, ०७ माघ २०७७

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजनको विषयलाई राजनीतिक विषय नबनाउन नेपाल आयल निगमले सबैमा आग्रह गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई लिएर राजनीतिक पार्टी र तिनका भ्रातृ संगठनहरुले विरोध गरेपछि निगमले यस्तो धारणा सार्वजनिक गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्याय पेट्रोलियम पदार्थको मूल्य समायोजनलाई राजनीतिक मुद्दाको विषय नबनाइ दैनिक उपभोग्य वस्तुको रुपमा हेरिनुपर्ने बताउछन् ।
‘पेट्रोलियम पदार्थलाई राजनीतिक वस्तु र आन्दोलनको मुद्दा बनाइनु हुँदैन । यो त दैनिक उपभोग्य वस्तु हो,’ प्रवक्ता उपाध्यायले भने, ‘आम उपभोक्ताहरुले दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग गर्ने हुँदा यसलाई सोही विषय वस्तुको रुपमा हेरिनुपर्छ । नकी राजनीतिक मुद्दाको विषयमा ।’

पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विषयमा प्रष्ट पार्दै प्रवक्ता उपाध्यायले भने, ‘निगमको स्वचालित मूल्य निर्धारण विधि अनुसार नै अहिलेको मूल्य समायोजन गरिएको हो । उता भारतबाटै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपाल आयाल निगमले पनि बाध्य भएर मूल्य वृद्धि गर्नुपरेको हो ।’

उपाध्यायका अनुसार गत डिसेम्बर १६ मा नै भारतीय आयल निगमले मूल्य बढाएर पठाएपनि निगमले मूल्य वृद्धि गरेको थिएन । तर पछिल्लो समय गत जनवरी १६ मा समेत थप मूल्य वृद्धि भएर आएपछि निगम बाध्य भएर मूल्य वृद्धिमा जानुपरेको हो ।

यदि मूल्य समायोजनमा नगएको भए अर्धमासिक रुपमा निगमलाई करिब ६७ करोड ५५ लाख रुपैयाँ घाटा हुने देखिएको उपाध्यायले बताए । उपाध्यायले भने, ‘अहिलेपनि मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा, डिजेलमा २ रुपैयाँ ९६ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर १ सय ३४ रुपैयाँ ७२ पैसा घाटा छ ।’

निगमले पछिल्लो समय गत सोमबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा समान २÷२ रुपैयाँका दरले मूल्य वृद्धि गरेको थियो । सो मूल्य वृद्धिको निर्णय आएसँगै काँग्रेस निकट नेविसंघले विरोध गर्दै मूल्यवृद्धि फिर्ता नभए आन्दोलनको चेतावनी दिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप