बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जाँदाजाँदै ट्रम्पले दिए आफ्ना साथीलाई माफी

बुधबार, ०७ माघ २०७७, १२ : ०५
बुधबार, ०७ माघ २०७७

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति आफ्ना पूर्व निर्वाचन अभियन्ता तथा सहयोगी स्टिभ बेननलाई माफी दिएका छन् । ह्वाइट हाउसका पूर्व रणनीतिकार बेनन ठगी प्रकरणमा पक्राउ परेका थिए । मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि चन्दा संकलन गरेको आरोप उनीमाथि थियो । 

ट्रम्प प्रशासनका शीर्ष अधिकारहिरुले बेननलाई माफी मिलेको पुष्टि गरेका हुन् । म्यानहट्टन संघीय अदालतमा बेननमाथि ठगी र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलिरहेको थियो । पर्खाल बनाउनका लागि १० लाख अमेरिकी डलर सर्वसाधारणहरुसँग उठाएको आरोप उनीमाथि थियो ।

 ट्रम्पले दिइरहेको क्षमादानको लहरमा बेनन अर्को नाम बनेका छन् । यसअघि सन् २०१७ यता ट्रम्पले झन्डै ९० जनालाई क्षमदान दिइसकेका छन् । 
सन् २०१६ मा सम्पन्न निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएपछि ट्रम्पले बेनोनलाई आफ्ना प्रमुख रणनीतिकार र ह्वाइटहाउसका सिनियर काउन्सिलर नियुक्त गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप