शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म्याक लुब्रिकेन्ट म्याक परिवार कार्यक्रमः इन्स्योरेन्स, छात्रवृत्ति, होलिडे प्याकेज तथा अन्य सुविधाहरु प्राप्त गर्न सकिने

बुधबार, ०७ माघ २०७७, १२ : ४२
बुधबार, ०७ माघ २०७७

काठमाडौं ।  भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक लुब्रिकेन्टले नेपालका लागि म्याक परिवार कार्यक्रम सार्वजनिक गरेको छ । 

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित म्याक लुब्रिकेन्ट नेपालका लागि म्याक लुब्रिकेन्टको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग र ग्यालेक्सी अटोको संयुक्त आयोजनामा  झापाको बिर्तामोडमा म्याक परिवार कार्यक्रम सार्वजनिक भएको हो ।  

म्याक परिवारको मुख्य उद्देश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्सहरुलाई एउटै परिवारमा बाँधेर बिभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।

जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक इन्स्योरेन्स, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगायतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

यस बाहेक अन्य सुविधाहरु, व्यवसायिक तालिम, लुब्रिकेन्ट सम्बन्धी ब्रोशर÷बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप