बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘नाचिदेउ वसन्ती’को कभर भिडियोमा १ लाख पुरस्कार

बुधबार, ०७ माघ २०७७, १३ : ०८
बुधबार, ०७ माघ २०७७

काठमाडौं । गायक दिल तामाङको पछिल्लो गीत ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउनेलाई एकलाख पुरस्कार राखिएको छ । निर्माण कम्पनिले एक सूचना जारी गर्दै भिडियो बनाउनेलाई पुरस्कार र त्यसको समयसिमा जनवरी २८ सम्म रहेको जानकारी गराएको हो ।

नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एक उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने बताएको छ । केही अगाडि सार्वजनिक गीतले पनि अहिले दिन प्रतिदिन चर्चा पाइरहेको छ ।

भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय भिडियोमा समेटिएको छ । डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतको भिडियो निर्मल लामाको निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप