शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानमा हिमपातसहितको आँधीका कारण १३० कार एक आपसमा ठोक्किए (तस्बिर)

बुधबार, ०७ माघ २०७७, १३ : ३४
बुधबार, ०७ माघ २०७७

उत्तरी जापानमा हिमपातसहितको आँधीका कारण हाइवेमा १ सय ३० वटा कार एक आपसमा ठोक्किएका छन् । यो दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

मंगलबार मियागी प्रान्तको तोहोकू एक्सप्रेसमा दिउँसो तीन बजे उक्त दुर्घटना भएको हो । 

अधिकारीका अनुसार यो घटनाका कारण एक्सप्रेस वेमा २ सय बढी मानिसहरु फसेका छन् जसलाई उद्दारकर्मीले बाहिर निकालिरहेका छन् । 

हालैका हप्तामा जापानका केही इलाकामा अत्यधिक हिमपात भइरहेको छ । यो हिमपात अनुमानभन्दा दोब्बर हो । स्थितीलाई मध्यनजर गर्दै गाडीको गति ५० किलोमिटर प्रति घण्टा निश्चित गरिएको थियो ।

स्थानीय मौसम अधिकारीका अनुसार दुर्घटनाका बेला हावाको गति सय किलोमिटर प्रति घण्टा थियो । स्थानीय मिडियाका अनुसार यो इलाकामा १५ इन्च मोटो बरफ परेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप