
फेसबुक म्यासेन्जरमा महिला साथीलाई अश्लील भिडियो र फोटो पठाउने युवक पक्राउ

काठमाडौं । फेसबुकको म्यासेन्जरमार्फत महिला साथीलाई अश्लील भिडियो, फोटो तथा सन्देशहरु पठाएर यौन उत्पीडन गरेको आरोपमा एक युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । २० वर्षीय महिला साथीलाई म्यासेन्जरमार्फत त्यस्ता भिडियो, फोटो र सन्देशहरु पठाएर यौन उत्पीडन गर्नुका साथै हैरानी दिएको आरोपमा सल्यानको साविक कलागाउँ गाविस–२ घर भई हाल कुमख गाउँपालिका–४ बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवी शाहीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जनाएका छन् ।
शाहीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाइएको ब्यूरोले जनाएको छ । शाहीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ प्रहरी कार्यालय सल्यानको सहयोगमा पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ