बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाइडेनबारे नसुनेका ११ कुराः स्कूलमा साथीले ‘बाइ–बाइ’ भनेर मजाक उडाउँथे, दोस्री श्रीमतीलाई पाँच पटक प्रस्ताव राखे

बुधबार, ०७ माघ २०७७, १४ : १९
बुधबार, ०७ माघ २०७७

जो बाइडेन आज अमेरिकाका ४६ औं राष्ट्रपति बन्नेछन् । उनी संसारका सबैभन्दा पुरानो लोकतन्त्र अमेरिकाका सबैभन्दा उमेरदार राष्ट्रपति हुनेछन् । यतिबेला उनको उमेर ७८ वर्ष दुई महिना हो । बाइडेन तेस्रो प्रयासमा राष्ट्रपति बन्न सफल भए । पहिलो पटक सन् १९८७ मा र दोस्रो पटक सन् २००८ मा बाइडेनले डेमोक्रेट पार्टीबाट उम्मेद्वारी पेश गरेका थिए । दुबै पटक उनी आफ्नो समर्थन जुटाउन असमर्थ भए । उनी दुई पटक उपराष्ट्रपति भए । बराक ओबामाले उनलाई अमेरिकी इतिहासका ‘उत्कृष्ट उपराष्ट्रपति’ बताएका थिए । 

बाइडेनको पहिलो विवाह सन् १९६६ मा भयो । जेठी श्रीमतीको नाम थियो – नेलियो । बाइडेनले एक पटक भनेका थिए, ‘विवाह अघि मलाई मेरी प्रेमिकाकी आमाले सोध्नुभएको थियो कि ‘के काम गर्छौ ?’ मैले जवाफ दिएको थिएँ, ‘एक दिन म यो देशको राष्ट्रपति बन्नेछु ।’’

बाइडेन ३६ पटक सांसद र ८ वर्ष उपराष्ट्रपति रहे । आउनुहोस्, अमेरिकाका नयाँ राष्ट्रपतिसँग जोडिएका ११ रोचक कुराः

१. १० वर्षको उमेरमा राम्रोसँग बोल्न सक्दैनथेः

बाइडेनको बाल्यकाल फिलाडेल्फियाको सेरेन्टनमा बित्यो । पछि उनको परिवार डेलावेयरको विलमिङ्ग्टनमा सरे । आज पनि उनी यहिँ बस्छन् । जब उनी १० वर्षका थिए तब उच्चारण सम्बन्धि रोग (स्टटर) बाट ग्रसित थिए । उनी आफ्नो थर पनि राम्रोसँग भन्न सक्दैनथे । यसै कारण साथीहरुले बाइडेनलाई ‘बाइ–बाइ’ भनेर उनको मजाक उडाउँथे । 

२. फुटबलबाट सिके जिवनको लडाईंः

स्कूलका दिनमा बाइडेन फुटबलका राम्रा खिलाडी थिए । एकपटक उनले भनेका थिए, ‘साँचो भन्नुपर्दा फुटबलले मलाई मुश्किलसँग लड्न सिकायो । मैदानमा गोल गर्नका लागि बल हासिल गर्न जति संघर्ष गर्नुपर्छ त्यसले जीवनलाई गोलसम्म पुर्याउनका लागि गोलपोस्टसम्म पुग्न आवश्यक भएको कुरा सिकाउन पर्याप्त थियो । 

३. स्वास्थ्यले रोक्यो युद्धमा जाने बाटोः

बाइडेनले सायराकस युनिभर्सिटीबाट कानूनको डिग्री लिए । यतिबेला अमेरिका र भियतनामको युद्ध भयो । बाइडेनलाई  नाम भियतनामविरुद्धको युद्धमा फौजी ड्राफ्टको रुपमा समावेश गरियो तर दम रोगका कारण उनी युद्धको मैदानमा जान पाएनन् ।

४. दुईपटक राष्ट्रपति बन्न पाएनन्ः

पहिलो पटक सन् १९८७ र त्यसपछि सन् २००८ मा बाइडेनले डेमोक्रेट पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेद्वारी हासिल गर्ने कोसिस गरे । दुबै पटक उनी असफल भए । दोस्रो पटक त उनी आफ्नै पार्टीमा दावेदारीको रुपमा पाँचौं नम्बरमा रहे । उनका सबैभन्दा राम्रा साथी बराक ओबामाले उनलाई आफ्नो दुबै कार्यकालमा बाइडेनलाई उपराष्ट्रपति बनाए । 

५. मुश्किलले भरिएको जीवनः

बाइडेन आफैं मान्छन् कि सन् १९७२ उनको जीवनको सबैभन्दा मुश्किल वर्ष रह्यो । उनकी श्रीमती नेलिया र छोरी नाओमीको कार दुर्घटनामा निधन भयो । यसै कारमा उनका दुई छोरा बो र हन्टर पनि थिए । दुबै उक्त दुर्घटनामा बाँचे । त्यसपछि सन् २०१५ आयो । यो वर्ष कार दुर्घटनामा बाँचेका छोरा बोको ब्रेन क्यान्सरका कारण निधन भयो । बाइडेनकी एक छोरी एश्ले पनि छिन् । 

६. सिद्धान्तलाई महत्व दिन्छन्ः

सन् २००८ मा दिएको अन्तर्वार्तामा बाइडेनले भनेका थिए, ‘चेरियट्स अफ फायर’ मलाई निकै मनपर्ने फिल्म हो । मलाई लाग्छ कि वास्तविक जीवनमा बनेको यो फिल्मले मलाई एउटा नयाँ बाटो देखाउँछ । जीवनमा यस्ता मौका आउँछन् जब नीजि हित र लोकप्रियताको सिद्धान्तको अगाडि सबैको अगाडि झुक्नुपर्छ । म पनि सिद्धान्तलाई अन्य कुराभन्दा माथि राख्छु ।’

७. आइसक्रिमका पारखीः

सन् २०१६ मा एक अन्तर्वार्तामा बाइडेनलाई उनको सबैभन्दा मनपर्ने खानाबारे सोधिएको थियो । उनले ठट्यौली पारामा भनेका थिए, ‘मेरो नाम जो बाइडेन हो । मेरा बारे दुई कुरा थाहा पाउनुहोस्– मलाई आइसक्रिम असाध्यै मनपर्छ । धुम्रपान र मद्यपानबाट टाढै बस्छु ।’

८. कुकुर प्रेमीः

बाइडेनलाई जनावर विशेषगरी कुकुर असाध्यै मनपर्छ । एक अन्तर्वार्तामा बाइडेनले भनेका थिए, ‘विवाहपछि सन् १९६७ मा पहिलो पटक श्रीमतीका लागि एउटा कुकुर खरिद गरेँ । यसको नाम राखेँ सिनेटर ।’ हाल बाइडेनसँग दुई जर्मन शेफर्ड कुकुर छन् – मेजर र च्याम्प ।

९. दोस्रो विवाहः

सन् १९७७ मा बाइडेनले दोस्रो विवाह गरे । त्यसको पाँच वर्ष अघि अर्थात् सन् १९७२ मा जेठी श्रीमती र छोरीको मृत्यु भएको थियो । जिल ट्रेसी जयाकब्स उनकी कान्छी श्रीमती हुन् । जिल प्राध्यापक हुन् र अहिले पनि जागिर खान्छिन् । सन् १९७५ मा जिल र जोको पहिलो भेट भएको थियो । जिलका अनुसार जो बाइडेनले उनलाई पाँच पटक प्रस्ताव राखेका थिए । 

१०ः शिक्षिका श्रीमती नै ‘शिक्षक’:

सन् २००७ मा एक अन्तर्वार्तामा जो बाइडेनले भनेका थिए, ‘जब म आफूलाई म जिलका श्रीमान् हुँ भन्छु तब मलाई गौरव महसुस हुन्छ । ’ सन् २०२० मा जब उनी डेमोक्रेट पार्टीको राष्ट्रपतिका उम्मेद्वार बने तब समर्थकसामू सम्मेलनमा भने, ‘मेरी श्रीमती जिलले नै मलाई विश्वास दिलाउँछिन्, बाटो देखाउँछिन् । उनी मेरी शिक्षक पनि हुन् ।’

११. ओबामा पनि क्षमताका कायलः

बराक ओबामाले आफ्नो कार्यकालको अन्तिम दिनमा बाइडेनलाई प्रेसिडेन्ट मेडल अफ फ्रिडमबाट सम्मानित गरेका थिए । त्यतिबेला ओबामाले भनेका थिए, ‘बाइडेन अमेरिकी इतिहासका उत्कृष्ट उपराष्ट्रपति र सिंह हुन् । मलाई कहिले पनि उनको बुझाई र क्षमतामा शंका रहेन ।’

ओबामाका यी शब्द सुनेर बाइडेनको आँखा रसाएका थिए । उनले भनेका थिए, ‘म तपाईंको ऋणी भएँ । तपाईंले मलाई मेरो क्षमताभन्दा पनि बढी इज्जत दिनुभयो । आफ्नो मुश्किल समयमा मलाई टुट्नबाट जोगाउनुभयो ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप