अब एबीसी पुग्न पिसिआर रिपोर्ट नचाहिने
पोखरा । विश्वकै चर्चित पदमार्ग (एबीसी) पुग्न पिसिआर रिपोर्ट नचाहिने भएको छ । आवश्यक सुरक्षा सतर्कता अप्नाएर यस अघि नै व्यवसाय सञ्चालनमा आईसकेको छ । व्यवसायस सञ्चालनमा ल्याएपनि पदयात्रीका लागि पिसिआर रिपोर्ट अनिवार्य गरिएको थियो । छोम्रोङ पर्यटन व्यवसायी समितिको मंगलबार बसेको बैठकले पदयात्रीको लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय लिएको छ ।
समितिका अनुसार कोरोना संक्रमणको दर घट्दै गएको र जन जीवन सामान्य अवस्थामा पर्किदै गरेकाले पनि पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो । ‘हामीले केही समय अघि पाहुनाका लागि होटलहरु खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौं,’ समितिका सचिव दिलिप गुरुङले भने, ‘अब कोरोना संक्रमण पनि घट्दै गई रहेको र जन जीवन पनि सामान्य अवस्थामा फर्किर्दै गईरहेको छ । पिसिआर रिपोर्ट अलि झन्झटिलो भयो भन्ने ठानेर समितिले यस्तो निर्णय लिएको छ ।’
एबीसी आउने पदयात्रीलाई स्वास्थ्य अवस्था मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन उनको सुझाव छ । अहिले देउरालीसम्म होटलहरु पूर्ण रुपमा खुलेका छन् । देउरालीबाट माछापुछ्रे २ घण्टामा पुग्न सकिन्छ । माछापुछ्रेबाट अन्नपूर्ण साढे घण्टामा पुगेर देउरालीमा बास बस्ने गरि फर्किन सकिन्छ ।
यही हप्ता भित्रमा माछापुछ्रे र अन्नपूर्ण बेसक्याम्पमा पनि होटलहरु खुला हुने छन् । फागुनबाट कामदार आई सकेपछि एबिसी पूर्ण रुपमा खुल्ने छ । तर, देउरालीमा बसेर सहज रुपमा अन्नपूर्ण बेसक्याम्प पुगेर देउरालीमा बास बस्ने गरि फर्किन सकिन्छ । यसको लागि लोकल गाइडको पनि व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा