शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको बोलीमा इजलासमा उठ्यो प्रश्न

न्यायाधीशले भने–तपाईं प्रभावित हुनुहुन्न भने हामी पनि प्रभावित हुँदैनौंँ
बुधबार, ०७ माघ २०७७, १६ : ०२
बुधबार, ०७ माघ २०७७

प्रतितिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएको भन्दै जारी बसहका क्रममा प्रश्न उठाइएको छ । बुधबारको सुनुवाइमा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित पार्ने प्रयास गरिरहेको जिकिर गरे । 

‘प्रधानमन्त्रीले क्षेत्राधिकार मिचेर मिचेर बोल्नुभएको छ । उहाँले अदालतलाई प्रभावित गर्न खोज्नु भएको छ’, बहसका क्रममा उनले भने । उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठाएपछि न्यायाधीश अनिल कुमार सिन्हाले अदालत कसैको प्रभावमा नफस्ने स्पष्ट पारे । 

न्यौपानेको जिकिरपछि  सिन्हाले प्रश्न गरे, ‘प्रधानमन्त्रीको बोलीले तपाईं प्रभावित हुनुहुन्छ ? जवाफमा न्यौपानेले ‘म छैन’ भन्ने जबाफ दिए । 
त्यसपछि सिन्हाले ‘तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि प्रभावित हुन्नौं ।’ भन्ने जबाफ दिएका थिए । 

बहसका क्रममा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले गठबन्धन सरकार र बहुमतको सरकार दुबैले विकल्पिबिहीन भएर सरकार गठन गर्न नसक्ने भएमामात्रै प्रतिनिधिसभा विघटन हुनसक्ने बताए । तर अहिले प्रधानमन्त्री ओलीले चालेको कदम कुनै पनि हिसावले संवैधानिक हुन नसक्ने उनको जिकिर थियो । 

संवैधानिक इजलासमा जारी सुनुवाइमा आज न्यौपानेर ज्ञवालीसहित  कृष्ण प्रसाद भण्डारी, अनिता मानन्धर, नवराज पाण्डे, सुजन नेपाल, सुरेन्द्र विक्रम केसीलगायतले बहस गरे । आजको सुनुवाइ भोलि फेरि जारी रहने गरी सकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप