बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मानवअधिकार आयोगको अध्यक्ष हुँ भनी १५ लाख ठगी गर्ने पक्राउ

बुधबार, ०७ माघ २०७७, १७ : ०५
बुधबार, ०७ माघ २०७७

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभा पाँचखान गाउँपालिका ५  खमारेका तुलसी थापालाई प्रहरीले काठमाडौंको दरबारमार्गबाट मंगलबार पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका  ७ मित्रपार्क बस्ने थापाले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको परिचयपत्र बनाई ठगी गरेको प्रहरीको आरोप छ । थापाले अमेरिका लैजाने प्रलोभन देखाई १५ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले आफु अमेरिका जाँदा मल्टिपल भिसा लगाइदिने प्रलोभन देखाएका थिए । 

थापालाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ  पठाईएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप